अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १२ वर्षयताकै न्यून भएको छ । विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेज ३० अमेरिकी डलरभन्दा कम भएको हो । यो मूल्य सन् २००४ को अप्रिलयताकै सबैभन्दा कम हो ।
विश्व बजारमा कच्चा तेलको मूल्य गत १५ महिनामा ७० प्रतिशतले घटेको छ । सन् २००३ को डिसेम्बरमा कच्चा तेलको मूल्य २९ दशमलव ९३ अमेरिकी डलर प्रतिब्यारेल पुगेको थियो ।
विज्ञषज्ञहरुले मूल्य अझै घट्ने बताएका छन् । केहीले त यो मूल्य प्रतिब्यारेल २० डलरसम्म झर्न सक्ने बताएका छन् ।
एक वर्षअघिसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेज ६० डलर थियो । सन् २०१४ को जुनमा तेलको मूल्य बढेर १ सय १५ डलर प्रतिब्यारेल पुगेको थियो । (एजेन्सी)