अर्घाखाँचीमा माघे सङ्क्रान्ति मनाइयो, सन्घिखर्कको टुडिखेलमा दुई दिने बृहत कृषि मेला आयोजना (फोटो फिचर)

पहिलो प्रकासित मिती: २०७२ माघ १, शुक्रवार
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । हिन्दु धर्मालम्वीहरुको पवित्र चाड माघे सङ्क्रान्तिका अवसरमा अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत जिल्लाभरका मन्दिर देवालयहरुमा पूजाअर्चना गरि मनाइयो ।
 

त्यस्तै माघे सङ्क्रान्तिकै अवसरमा सन्धिखर्कस्थित बागिखोला र जिल्लाका गाउँ-घर नजिक रहेका खोलाहरुमा पनि स्नान गर्न अर्घाखाँचीबासी भक्तजनहरूको शुक्रवार बिहानैदेखि घुइँचो लागेको थियो। 


सन्धिखर्क, चुत्राबेसी बजारमा सयौ धर्मालम्वीहरुको घुँइचो लागेको थियो। साथै माघे सङ्क्रान्ति अवसरमा सन्घिखर्कको टुडिखेलमा  दुई दिने बृहत कृषि मेला प्रदर्शनी आयोजना गरिएको छ ।  


टुडिखेलमा बृहत कृषि मेला तथा सास्कृतिक कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गरेका थिए । 


बिशेष सास्कृतिक कार्यक्रममा राष्ट्रिय एवम स्थानिय कलाकारहरुले गीत संगित मार्फत रमाइलो गराएका थिए । 

यसैगरी कृषि मेला प्रदर्शनीमा जिल्लाभरमा उत्पादन गरिएका कृषि जन्य बस्तु एवम पशुपक्षी लगायत राखिएको छ । 


उता यसवर्षको मकर सक्रान्तिमा अर्घाखाँचीबाट समेत हजारौँको सख्यामा तिर्थालु भक्तजनहरुले रिडीको कालीगण्डकी नदीमा स्नान गर्ने, अर्घ दिने र सुर्यको दर्शन गर्न त्यहाँ पुगेका थिए। अर्घाखाँची, गुल्मी, पाल्पा र स्याङ्गजा जिल्लाको संगम स्थलको रुपमा रहेको रिडीमा माघे सङ्क्रान्तिको विहानैदेखि दर्शनार्थीहरुको निक्कै घुईँचो लागेको थियो।
गाउँघरमा यो माघे सङ्क्रान्ति पर्वमा घिउ, चाकु, अघिल्लो दिन उसिनेको तरुल, मासको फुलौराका साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाइएको खिचडी खाने चलन छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ। माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्।

यो पनि:-
अर्घाखाँची जिल्लाको सन्धिखर्क – ८ स्थित खाँचिकोटमा स्थानिय खाँचिकोट नमुना युवा परिषद् का सद्स्यहरु । आजभोली सहयोग, सेवा लगायत कार्य गर्ने भन्दै गाउँ-गाउँमा विभिन्न खाले यस्ता संस्था खुलेका देखिन्छन ।

अर्घाखाँची जिल्लाको सन्धिखर्कको कुरमा सुन्दर घर । – फाइल