सन्धिखर्कमा दुईदिने बृहत् कृषि मेला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । माघे सङ्क्रान्ति अवसरमा अर्घाखाँचीको सन्घिखर्कको टुडिखेलमा दुईदिने बृहत् कृषि मेला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।


उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम विकास केन्द्रको आयोजनामा सम्पन्न भएको मेलामा कृषकले उत्पादन गरेका विभिन्न खालका कृषि उपज, उन्नत जातका बीउबिजन, स्थानीय गाई तथा भँैसीबाट उत्पादित दूध तथा दुग्धजन्य पदार्थ, मेलाका मुख्य आकर्षण रहेका थिए ।


मेलामा गमलामा रोपेर फलेको सुन्तला, अर्गानिक कफी, कृषि औजार तथा उपकरण, स्थानीय कृषकले उत्पादन गरेको मह, प्लास्टिकको घरभित्र गरिएको टमाटर र फूल पनि मेलाको आकर्षण रहेका थिए ।


माघे सङ्क्रान्तिका अवसर पारेर आयोजना गरिएको कृषि प्रदर्शनी तथा सांस्कृतिक मेलाको हजारौ दर्शकले अवलोकन गरेका छन् । प्रदर्शनीमा प्रथम द्वितीय, तृतीय र सान्तवना स्थान हासिल गर्ने उत्कृष्ट कृषकलाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।