पणेना, अर्घाखाँची (अर्घाखाँची डट्कम)। अर्घाखाँची जिल्लाको पणेना गाबिसमा जाडोलाई मध्यनजर राख्दै कम्बल र ब्ल्यांग्केट वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विवेकशील नेपाली अर्घाखाँचीले स्थानिय आर्थिक स्थिती कमजोर भएका अति विपन्न परिवारलाई कम्बल र ब्ल्यांग्केट (न्यानो माया) वितरण गरेको हो ।
कम्बल र ब्ल्यांग्केट वितरण कार्यक्रममा प्रमुख आतिथी स्थानिय समाजसेवी धतनन्द पोखेरेल, अतिथी शिक्षक एवम स्थानिय बुद्दीजिवी नारायण प्रसाद पोखरेल्, सामाजिक परिचालक हरि विक, स्थानिय समाजसेवी मिनाराज पोखरेल् रहेका थिए ।
स्थानिय हिमलाल भट्टराई उमा शरु, मिना बलाल, ओम छेत्री, राधिका पोखेरेल, टोपलाल पोखेरेल, सुमित्रा विक, शन्त बहादुर विक लगायत आर्थिक स्थिती कमजोर भएका विपन्न परिवारलाई ८ वटा ब्ल्यांग्केट सहयोग गरिएको विवेकशील नेपाली अर्घाखाँचीका सुदन चुदालीले बताए ।
विवेकशील नेपाली अर्घाखाँचीले जिल्लाका आर्थिक स्थिती कमजोर भएका विपन्न परिवारलाई विभिन्न प्रकारका राहत सहयोग वितरण गर्दै आएको छ ।