राष्ट्रिय भुकम्प सुरक्षा दिवस अर्घाखाँचीमा पनि मनाइयो (फोटो फिचर)

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । बैशाख १२ मा गैहाल्यो भूईंचालो, सुरक्षित पुननिमार्णमा जुट्ने हाम्रो पालो भन्ने नाराका साथ १८ औं  राष्ट्रिय भुकम्प सुरक्षा दिवस अर्घाखाँचीमा पनि मनाइएको छ । 


सन्धिखर्कमा भुकम्प सम्बन्धी सचेतनामूलक र्याली निकालीनुका साथै एक कार्यक्रमको आयोजना गरीएको थियो ।
विभिन्न राजनितिकदलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालययका शिक्षक,  विधार्थी, संचारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा भुकम्पीय सुरक्षा सम्बन्धी अभ्यासको प्रदर्शनी गरीएको थियो ।

कार्यक्रममा उपस्थित अतिथीहरुले भवन संहीता अनुसार भवन निर्माण गर्न अनुरोध गर्दै सबैले आफ्नो क्षेत्रमा भुकम्पको सचेतनाका लागि सन्देश फैलाउनुपर्ने, सबै क्षेत्र भुकम्पको बारेमा चेतना फैलाउनका लागि अघि बढ्नुपर्ने लगायत बताएका थिए ।
 

बैशाख १२ को  भूकम्पका कारण ६ लाख ८ हजार १ सय ५५ घर पूर्णरुपमा ध्वस्त भएका थिए भने दुई लाख ९८ हजार ९ सय ९८ घरगोठ आंशिक रुपमा क्षति भएका थिए ।