पहिलो पटक प्रधानन्यायाधीश अर्घाखाँचीमा ! अर्घाखाँची जिल्ला अदालत भवनको शिलन्यास, अदालतका काजत जलाउनु अपराधीको संरक्षण भएको उल्लेख

वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची ।  प्रधानन्यायाधीश कल्याण श्रेष्ठले द्धन्द्धको बेला अदालतका महत्वपुर्ण कागजपत्र जलाउनु अपराधीको संरक्षण गर्नु र समाजलाई असुरक्षित बनाउन सहयोग गर्नु जस्तै भएको बताए । उनले अदातलमा रहेका सुचना, लगत, कागजात कुनै व्यक्ति विशेषको नभएर जनताका सम्पत्ती हुन ती गुम्नु दुःखद रहेको बताए ।


तत्कालिन माओवादीले २०५९ र ०६१ गरेको सदरमुकाम आक्रमणमा अर्घाखाँची जिल्ला अदालतको भवन पूर्ण रुपमा क्षति नभएपनि महत्वपुर्ण कागजपत्र जलेका थिए । ‘द्धन्द्धको बेला अदालतले जुन आघात भोग्नु प-यो यसले महत्वपुर्ण जनताको सम्पत्ती गुमेको छ’, अदालतको भवन शिलन्याश गर्दै उनले भने, ‘राष्ट्रबैकलाई जति नोटको महत्व हुन्छ त्यती नै अदालतलाई अभिलेखको महत्व हुन्छ, लगत, अभिलेख भएन भने अदालतले के गर्ने त्यस कारण यो अति संवेदनशिल कुरा छ ।’ द्धन्द्धको बेला जुन सम्पत्ती गुम्यो यसबाट अपराधी उम्किन्छ, जो पीडित र निर्दाेष मान्छे छ त्यसले अन्याय, त्रासदी, भय व्यहोरिरहनुपर्ने हुन्छ उनले भने ।


‘भयलाई पालिरहनुपर्ने र समाज असुरक्षित हुन्छ र त्यो असुरक्षालाई सुरक्षामा रुपान्तरण गर्ने भनेको न्यायको मार्गमा ल्याउने हो’, उनले भने, ‘न्यायालयले गरेका निर्णयको कार्यन्यवन गर्ने हो, त्यो न्याय गुमेको छ ।’ नष्ट भएका अभिलेख पुनःस्थापना गर्न उनले जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोलालाई निर्देशन दिए । जो जहा र जस्तो सुकै काम गरेपनि अन्तत न्याय खोज्न आदालत मै आउनुपर्ने भएकाले द्धन्द्धको बेला आघात पार्नु जनताको सम्पत्तीलाई खोसी अन्याय र अपराधिलाई प्रोत्साहित गर्नु जस्तै भएको भन्दै उनले दुःख व्यक्त गरे । न्यायको प्राण बचाउन अदालतको संरक्षण गर्नु सबैको दायित्व भएको बताए । न्याय भए मात्र देश र समाजको विकास  र उन्नती हुने बताए । अदालतको भवन र शिलन्याश गर्दै  न्यायीक क्षेत्रको सेवा अवलोकन गर्न  जिल्ला दौडाहमा हिडेका श्रेष्ठ शुक्रवार गुल्मी, शनिवार अर्घाखाँची र प्युठान, दाङ हुदै काठमाडौ फर्कने कार्यक्रम रहेको छ । प्रधानन्यायाधिश जिल्लामा आएको यो पहिलो हो । 


साढे दुई तले भवनको शिलन्याशमा पुनरावेदन अदालत बुटवलका मुख्य न्यायाधीश शारदाप्रसाद घिमिरे सहितको् टोली सहभागी थिए ।  ०५९ र ०६१ को तत्कालिन माओवादी आक्रमणमा सबै मिसिल जलेर  नष्ट भएको श्रेष्तेदार भीमप्रसाद भुसालले  बताए । आक्रमणमा अदालतको भवन बाहेक सबै सरकारी कार्यालय ध्वस्त भएका थिए । 
तस्बिरहरु: वीरेन्द्र केसी