देवेन्द्र कुँवरबाट
सन्धिखर्क, अर्घाखाँची । भवनहरु बनाउनु मुख्य र ठुलो कुरा होईन, मुख्य कुरा त्यसको व्यवस्थापन संरक्षण, सम्वद्र्धन र सदुपयोग हो । भवन निर्माण गरेपछि त्यसलाई सुन्दर र आकर्षित बनाउन उचित प्रकारको रङ्गरोगन गर्नुका साथै अगाडि सानो भएपनि बगैचा र साँझमा झिलिमिल बनाउनको लागि सके चारैतिर नभए गेटमा मात्र भए पनि बत्ति राख्ने गरिन्छ । तर ति सबै बनाएर वा राखेर मात्र हुदैन, तिनिहरुको उचित प्रकारको संरक्षण र सम्वद्र्धनमा ध्यान नदिने हो भने भवन जतिसुकै ठुलो वा भवनमा लगाईएको रङ्ग जतिसुकै राम्रो भएपनि भवन सुन्दर हुदैन । अस्तव्यस्त बगैचा र सजाउनको लागि राखिएका बत्तिहरुले नै भवन वा घरलाई नै कुरुप बनाउँछन् । जसरी एउटी नारी आफ्ना श्रृङ्गारका समान सहि तरिकाले सदुपयोग वा प्रयोग गरिन् भने सुन्दरी बन्दछिन तर तिनै समान सहि तरिकाले प्रयोग गरिनन् भने तिनी नारीभन्दा यो दुनियाँमा अरु कुनै कुरुप बन्दैन । करिब १ दर्जन सरकारी कार्यालयको विचमा सन्धिखर्क नगरपालिका-१ टुडिखेल नजिकै रहेको सभागृहको अवस्था यस्तै छ ।
टुडिखेलको सामुन्ने सभागृह छ, एउटा गेट छ जसमा दुई वटा बत्ति राख्ने बनाईएको छ तर बत्ति १ वटा मात्र छ । एउटा फुटेको छ । सभागृहलाई तार जालीले घेरिएको छ । सभागृह अगाडि कम्पाउन्ड छ, जुन उजाड छ । गेटनेर भित्रै विजुलीका पोलहरु राखिएको छ । रातमा बत्ति बाली सभागृहलाई झिलिमिलि बनाउनको लागि वरिपरि करिब २० वटा बत्तिहरु राखिएको छ जसमध्ये केहि वल्व फुटेका छन् । नफुटेका बत्तिहरु पनि नभएका होईनन् । रातको बेलामा नफुटेका बत्ति बाले बल्छन् तर कुनै पनि बालिदैन ति केही बत्तिहरुमा खिया लागेको छ । कम्पाउण्डमा कतै घाँस उम्रिएको छ त, कतै फोहर थुप्रिएको छ । प्रायःजसो बन्द रहने सभागृह कुनै अलि ठुला कार्यक्रममा मात्र खुल्ने गर्दछ । यो स्वाभावीकै पनि हो । करिब ५०० जना सहभागी अटाउने सभागृहको हल भित्र पस्दा लाग्छ यो भन्दा राम्रो र सुन्दर पश्चिामाञ्चलमा अन्य कुनै सभागृह छैनन्, तर विडम्वना सभागृहका शौचालय जाँदा लाग्छ यहाँ भन्दा फोहर शौचालय अन्त कतै छैनन् । मन्त्रीदेखि नेता र सरकारी कार्यालयका हाकिम देखि कार्यालय सहयोगीसम्म सबै कर्मचारीहरु लगायत सर्वसाधारणले पनि हलमा हुने कार्यक्रममा भाग लिएका छन् तर त्यहाँको सरसफाईमा कसैको ध्यान जान सकेको छैन । पानीको अभाव रहेको सभागृहमा शौचालयहरु प्रशस्तमात्रामा छन् तर प्रायः सबै फोहर नै छन् । सबैले नाक थुनेर भए पनि शौचालय प्रयोग गर्दछन्, तर बोल्दैनन् । सम्बन्धित पक्षको चासो नपुगेपछि अरु बोल्नको के नै अर्थ रहन्छ र ? करिब १ दर्जन भन्दा बढि सरकारी कार्यालयका कर्मचारीहरुले मात्र होईन हजारौं सर्वसाधारणले दैनिक सभागृहको अवलोकन गर्ने गर्दछन् । यस्तो फोहोरको शिकार बनेको सभागृहलाई कहिलेकाँहीमात्र भएपनि जिविसले सरसफाई गर्दै आएको बताएको छ । व्यवस्थापनमा कसैले पनि चासो नदेखाइएको सभागृह अहिले मुख्यरुपमा हस्तान्तरण र सरसफाईको पखाईमा रहेको छ ।
विजुलीको रकम कसले तिर्ने भन्ने विवादमा रहँदा सभागृहले हाल सम्म विद्युतको विल नतिरेको कारण लाईन काटेको छ । सभागृहले १,०७६११ रुपैयाँ २५ पैसा विद्युतको विल तिर्न बाँकी छ । कालो सुचीमा परेको सभागृहलाई पटक पटक तिर्न आग्रह गर्दापनि आज सम्म नतिरेको कार्यालयले बताएको छ । पानीको बिलपनि आज सम्मको नतिरेको कारण सभागृहमा पानीको लाईन पनि काटिएको छ । सन्धिखर्क खानेपानी मुल उपभोक्ता संस्था निमित्त कार्यालय प्रमुख मिरा केसी (सेजवाल)ले पानीको मिटर काटिएको करिब १ बर्ष भएको र निर्माण गर्दाको समयको अन्दाजी करिब ४-५ महिनाको विल ठेकदार नारायण बञ्जाडेले बुझाए देखि यता मंसिर सम्मको पानीको ४९,५१५ रुपैयाँ १२ पैसा पुगेको उल्लेख गर्दै पानीको प्रयोग नगरे पनि न्युनतम शुल्क भने तिर्नुपर्ने प्रावधान रहेको बताउनु भयो । विल भुक्तानी नभएको कारण नयाँ प्रणालीमा पानीको जडान हुँदा पनि सभागृहको पानीको लाईन भने जडान गरिएको छैन । तर विल भुक्तानपछि जडान गर्न सकिने उहाँले बताउनु भयो । पानीको विलको लागि बेलाबेलामा आग्रह गर्दा जिविसले हामीलाई हस्तान्तरण भएको छैन, भैरहवा सम्पर्क गर्न भन्ने भैरहवा सम्पर्क गरे जिविस कार्यालयमा सम्पर्क गरेर मिलाउनुहोस् भन्ने जिविसले हामीलाई हस्तान्तरण नभएको कारणले गर्दा पानीको विल ठेकदारले नै तिर्नु पर्दछ भनी ठेकदारलाई ताकेता गरेको बताउँदै कहाँबाट पानीको विलको रकम आउनुपर्ने हो ? आफुनै अलमलमा रहेको उल्लेख गर्नुभयो । सभागृहको यस्तो अस्तव्यस्त अवस्था हुनु जिविसको चरम लापरवाही भएको अधिवक्ता केवि भुसालले बताउनु भयो ।
भवन निर्माणकर्ता नारायण बञ्जाडे सभागृहलाई जिविसको माताहतमा हस्तान्तरण नगर्दै प्रयोग गर्नु गैरकानुनी भएको भन्दै आफुहरुले भवन निर्माण गरेर बुझाएको करिब ४ बर्ष भएको बताउनु भयो । १ बर्षभित्र केही भयो भने हामीले मर्मत गर्नुपर्ने हुन्छ तर ४ बर्ष बितेको छ । भवन ठुलो भएकाले जिविसले सम्हाल्न नसक्ने भन्दै त्यसको सरसफाईको लागिमात्र ४ जना कर्मचारीको आवश्यकता पर्ने उल्लेख गर्नु भयो । भवन निर्माण भएपछि मात्र पानी र विजुलीको थ्रि फेसको लाईन जडान गरिएको बताँउदै पानी र विजुलीको विल जिविस वा भवन डिभिजन कार्यालयले नै समायोजन गरेर तिनुपर्ने बताउनुभयो । हाम्रो जिम्मामा भवन छैन, भवन निर्माण गर्दा सामन्य पिउनको लागि र बत्ति बाल्नको लागि मात्र पानी विजुलीको प्रयोग गरेकोले पानी र विजुलीको विल आफुहरुले तिर्न नपर्ने दावी गर्नुभयो । उहाँले पानी ट्यांकरबाट बोकेर काम गरेको समेत जानाकारी दिनुभयो । स्थानिय विकास अधिकारी लक्ष्मी पाण्डे (गौतम)ले हाल सभागृह अस्तवस्त रहेको स्वीकार गर्दे यो हुनुको मुख्यकारण हस्तारण प्रक्रियामा ढिलाई भएको बताउनुभयो ।
हामीलाई अझै हस्तान्तरण भएको छैन । विद्युत र पानी विल तिर्नेमा समस्या छ त्यो सबै भवनले जान्नु पर्ने कुरा भएको गौतमले बताउनुभयो । हस्तान्तरण अझै नभए पनि उद्घाटन भने सभागृहको भैसकेको छ भनेर सोध्दा आफु आएको अझै तिन महिना नवितेको बताउँदै उद्घाटन भयो कि भएन भन्ने जानाकारी समेत नभएको काठमाण्डौमा रहनु भएको गौतमले फोनमा खस्यौली साप्ताहिकलाई बताउनुभयो । बाँकी काम पुरा गर्न डिभिजन ईन्जिनियरको नेतृत्वमा कार्यदल बनेको जानाकारी गराउँदै भवन छिटो हस्तान्तारण गर्नु प-यो भनेर कार्यालयले भवन डिभिजन कार्यालयलाई जानकारी गराएको उल्लेख गर्नुभयो ।
अर्घाखाँची सभागृह उदघाटन गर्दै मन्त्री रायमाझी । फाइल – (२०६९ भाद्र १२, मंगलवार)
अर्घाखाँची क्षेत्र नं. १ का सभासद् टोपबहादुर रायमाझी स्थानिय विकास मन्त्री रहेको बखत उहाँको मुख्य पहलमा बनेको सभागृह पश्चिामाञ्चल कै उत्कृष्ट सभाहलको रुपमा रहेको छ । कुनै दिन हस्तान्तरण भएको छैन भनेर कार्यक्रम गर्न नदिईएको सभागृहमा नेपाली कांग्रेस, र एमालेले पार्टीका कार्यक्रम गरेका छन् भने जिविसले पनि आफ्ना कार्यक्रमहरु गर्ने गरेको छ । सभागृहमा विभिन्न संघसंस्थाले पनि कार्यक्रम गर्दै आएका छन् तर त्यहाँ हुने कार्यक्रमको शुल्क भने लिने गरिएको छैन । आजकल सभागृहमा कुनै पनि कार्यक्रम पर्दा पानी र विजुली जिविस कार्यालयबाट नै जडान गरि प्रयोग गर्ने गरिएको छ ।
कहिले हस्तान्तरण हुन्छ ? भन्नेमा पनि जिविस कार्यालय अझै अन्यौलमा नै छ । गत बैसाख १२ गतेको महाभुकम्पबाट सो सभागृह पनि अछुतो रहन सकेन जसको कारण सभागृहमा क्षति पुगेको छ । हस्तान्तरण गरे पछि मर्मत गरे पनि हुने हो तर सभागृहको भुकम्पबाट क्षति पुगेको र सामन्य मर्मत पछि हस्तान्तरण गर्ने भन्ने योजना रहेको कारण हस्तान्तरण प्रक्रियामा ढिलाई भएको भैरहवा भवन डिभिजन कार्यालयका डिभिजन प्रमुख शुरेश ठाकुरले फोनबाट जानाकारी दिनुभयो । उहाँले हस्तान्तरण प्रक्रिया अगाडि बढिरहेको बताएता पनि समय भने बताउन सक्नु भएन ।
के हस्तान्तरण नहुञ्जेल यस्तै राख्ने हो ? कहिले हुन्छ ? हस्तान्तरण, संरक्षण र सरसफाई सभागृहको । मानविय कमजोरीका कारण भवन वा अन्य कुनै भौतिक स्रोत साधनको संरक्षण नगर्नु कदापि न्यायोचित हुदैन । तसर्थ निर्माण गरिएका भौतिक स्रोत र साधनहरु जसको माताहतमा रहने हुन् उनिहरुले नै संरक्षण गर्नु सामन्यतया दाहित्व हुन जान्छ । हस्तान्तरणकí