सन्धिखर्कमा काग्रेसका कार्यक्रता भेटघाट तथा अन्तरक्रिया, सुजाता कोईरालाद्धारा नेतृत्व युबा पुस्तालाई दिनु पर्ने उल्लेख

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची  । नेपाली काग्रेसकि केन्द्रिय सदस्य तथा महिला नेतृ सुजाता कोईरालाले काग्रेसलाई नँया शिराबाट अगाडी बढाउन अबको नेतृत्व युबा पुस्तालाई दिनु पर्ने बताउनु भएको छ । 
कोईराला र देउवाले पाटीमा बिभाजन र भागबण्डाको राजनिति गरेकाले काग्रेसमा समस्या उत्पन्न भउको र  पाटीलाई एक ढिक्का बनाएर हाक्न युबापुस्तामा नेतृत्व आबस्यक रहेको बताउनु भयो  । ६० र ४० को भागबण्डाको कारण काग्रेस अगाडी बढ्न नसकेको  र जसका कारण भातृ संगठनहरुको समेत अबिधेसन हुन नसकेको आरोप लगाउनु  भयो । 
बिपि स्मृति भबन सन्धिखर्कमा काग्रेसका अगुवा कार्यक्रता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला नेतृ कोईरालाले आफु कुन पदमा उठ्ने भन्ने अझै निर्णय गरि नसकेको र कार्यक्रताहरु संग भेट गरेर मात्र आफ्नो उम्मेद्धारीको घोषणा गर्ने समेत बताउनु भयो । 
कार्यक्रम काग्रेस अर्घाखाँचीका उपसभापति हरिहर आचार्यको अध्यक्षता,सचिब बासुदेब आचार्यको स्वागत र लोकेन्द्र बिकको सञ्चालनमा सम्पन्न भएको हो ।