इराकको बग्दादमा केही अमेरिकी नागरिक अपहरणमा परे

इराकको बग्दादमा केही अमेरिकी नागरिक अपहरणमा परेका छन् । बग्दादस्थित अमेरिकी दूताबासले जनाएअनुसार इराकमा रहेका केही अमेरिकी नागरिक बिगत केही दिनेदेखि सम्पर्कबिहीन बनेकोमा उनीहरुको अपहरण भएको पुष्टी गरेको छ ।
यद्यपी कतिजना अमेरिकी नागरिक अपहरणमा परे भन्ने यकिन नभएको अमेरिकी दूताबासले जनाएको छ । दूताबासका कर्मचारीहरुले इराकी अधिकारीहरुसँग समन्वय गरी अपहरणमा परेका नागरिकको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको जनाएको छ ।
गत सन् २०११ मा अमेरिकी सेना इराकबाट फिर्ता हुनुअघि शिया समुदायले केही अमेरिकी नागरिकको अपहरणपछि हत्या गरेको थियो । (एजेन्सी)