जनज्योती उच्च मावि चुत्राबेसीमा शिक्षकको विदाई

घनश्याम पौडेल
चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँची जिल्लाकै एक नमुना विद्यालय जनज्योती उच्चमाध्यमिक विद्यालय चुत्राबेसीमा विगत ७ वर्षदेखि अध्यापन गराउदै आउनुभएका शिक्षक नारायण न्यौपानेलाई आज एक भव्य समारोहका विच विदाई गरिएको छ । 
शिक्षक नारायण न्यौपाने । तस्विर: घनश्याम पौडेल, अर्घाखाँची डट्कम
७ वर्षको समयमा जनज्योती उच्चमाविलाई अर्घाखाँची जिल्लामा व्यवस्थापन संकायमा  सामुदायिक  विद्यालयतर्फ उत्कृष्ट विद्यालय वनाउन पहल गरेकोमा विदाईभएर जानुभएका शिक्षक न्यौपानेलाई धन्यवाद, मायाको चिनो समेत प्रदान गरिएको थियो । 
                                                              तस्बिर/फाइल
कार्यक्रममा बोल्दै  विदयालयका व्यवस्थापन समितीका अध्यक्ष धर्मराज वन्जाडेले शिक्षक न्यौपानेले गरेको योग्दान कहिल्यै भुल्न नहुने र अव आउनुभएका शिक्षकले पनि विद्यालयलाई नमुना वनाउन पहल गर्नुहुने छ भन्ने आशा समेत राखिएको वताउनुभएको थियो । 
तस्बिर/फाइल 
क्रार्यक्रममा सम्पुर्ण शिक्षकहरुको तर्फवाट शिक्षक विष्णु प्रसाद भुसाल र सम्पुर्ण विद्यार्थीहरुको तर्फवाट नेपाल विद्यार्थी सघं जनज्योती उच्चमाविका अध्यक्ष घनश्याम पौडेलले विदाई मन्तव्य राख्नुभएको थियो । 
                                                             तस्बिर/फाइल 
कार्यक्रम उक्त विदयालयका प्राचार्य दिनानाथ आचार्यको अध्यक्षता, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धर्मराज वन्जाडेको प्रमुख अतिथ्यता, विदाई भएर जानलाग्नु भएका शिक्षक नारायण न्यौपानेकोे विशिष्ट अतिथ्यता, शिक्षक तेजुराम पराजुलीको स्वागत मन्तव्य, उच्च माध्यमिक विदयालय संयोजक नन्दराम भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो । 

                                                          तस्बिर/फाइल