फ्रान्सको पेरिस हमलाका अर्का एक संदिग्ध मोरक्कोमा पक्राउ परेका छन् । मोरक्को मूलका बेल्जियन नागरिकलाई मोरक्कोका सुरक्षाकर्मीले पक्राउ गरेका हुन् ।
पक्राउ परेका ब्यक्ति सिरियाको जिहादी समूहसँग आबद्ध रहेको र उनी पेरिस घटनापछि टर्की, जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स हुँदै मोरक्को पुगेको खुलासा भएको छ ।
पक्राउ परेका ब्यक्ति बिगत १ बर्षदेखि इस्लामिक स्टेटमा आवद्ध हुँदै विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको खुलासा भएको छ । यद्यपी उनको नाम भने खुलाइएको छैन ।
फ्रान्सको पेरिसमा गत नोभेम्बरमा गरिएको आक्रमणमा १३० जना मारिएका थिए । यसअघि सो घटनाका मुख्य फरार संदिग्धको सीसीटीभीको क्यामेरामा कैद भएको दृष्य फ्रान्सले सार्वजनिक गरेको थियो । (एजेन्सी)