काग्रेस अर्घाखाँचीको सन्धिखर्कमा कार्यक्रम ! सरकार कछुवाको गतिमा: गगन

 प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची   नेपाली काग्रेसका नेता गगन कुमार थापाले  बर्तमान केपी ओली नेतृत्वको सरकार कछुवाको गतीमा अगाडी बढेको र यहि गति रहने हो भने देस बरबाद हुने बताउनु भयो । 
सरकारको एक सय दिनमा भएको काम सुन्य रहेको र यस्तै चाल रहनेहो भने सरकार आफै ढल्ने नेता थापाको भनाई छ । सय दिनको प्रगती हेर्दा कुनै पनि आश गर्ने ठाउ नरहेको खाली निरास मात्र रहेको बताउदै कामहरुलाई अगाडी बढाउन पनि आग्रह गर्नु भयो । 
नेपाली काग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीले सन्धिखर्कको सभागृहमा गरेको कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताउनु भएको हो । उहाले पाटीका तीन शीर्ष नेताका कारण देसमा संबिधान बनेको बताउदै शुसिल कोईराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको कारण नै देसमा संबिधान सभाबाट संबिधान बनेको बताउनु भयो ।
 
आगामी १३ औ महाधीबेसनमा सभापति कोईराला,बरिष्ठ नेता शेर बहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले अभिभाबकको जिम्मेबारी निर्बाह गरि युबा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताउनु भयो । 
शुसिल कोईरालाको नेतृत्वको समितिले संबिधान घोषणा जस्तो महत्वपुर्ण कार्य र पहिलो  संबिधान सभाको निर्बाचनमा दोस्रो दलको रुपमा रहेका पाटी दोस्रो निर्बाचनमा पहिलो पाटी बनाउन सफल भएको बताउनु भयो । 
अरुहरुले कोईरालाको नेतृत्वमा रहेको समितिले केहि गर्न नसकेको आरोप लगाएको र त्यो आरोप मिथ्या भएको बताउदै बिपि कोइरालाले भनेको  संबिधान सभाको चर्चा गर्ने तर शुसिल कोईरालाको पालामा घोषणा भएको संबिधानको चर्चा र कार्यको मुल्याकन गर्न नसक्नु मात्र भएको बताउनु भयो ।  
काग्रेस जिल्ला कार्य समितिका सभापति कमल प्रसाद भुसालको अध्यक्षता, सचिब बासुदेब आचार्यको स्वागत मन्तब्य र लोकेन्द्र बिकको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा काग्रेसका पुर्ब जिल्ला सभापति पिताम्बर शर्मा भुसाल लगायतका नेताहरुले मन्तब्य राखेका थिए । 
कार्यक्रममा काग्रेस निति तथा प्रतिष्ठान बिभागका सदस्य प्रताप पौडेल, काग्रेस महाधिबेसन प्रतिनिधि तथा जिल्ला सदस्य बिष्णु प्रसाद खनाल, जिल्ला कोषाध्यक्ष हरि बहादुर खड्का, सहसचिब निर्मला क्षेत्री, जिल्ला सदस्य कृष्ण प्रसाद खनाल, तरुण दलका अध्यक्ष पिताम्बर खनाल , महिला संघकी सभापति शान्ता भण्डारी, महात्रिबेसन प्रतिनिधि महमद सफर , नेबिसंघका अध्यक्ष युबराज पाण्डे, कर्मचारी युनियन संघका अध्यक्ष प्रकास भटराई, पत्रकार महासंघका जिल्ला सचिब प्रेम आचार्य, प्रेस युनियनका अध्यक्ष सुर्य भुसाल, उद्योग बाणिज्य महासंघका महासचिब नेत्र प्रसाद भुसाल, लगायतका नेताहरु तथा काग्रेसका कृयासिल तथा सुभेच्छुक कार्यक्रताहरुको सहभागिता रहेको थियो ।