मैदानमा एकिकृत माओवादीको शोकसभा कार्यक्रम सम्पन्न (फोटो फिचर)

डिल्लीराज घिमिरे
मैदान, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको मैदानमा एकिकृत नेपाल कम्युनिस्ट पार्टी  माओवादीको शोकसभा  कार्यक्रम सम्पन्न भएको छ । 
मैदान- ३ स्थाई निवासी पुर्व माओवादी जनमुक्ती सेनाका कम्पनी कमाण्डर हाल एकिकृत माओवादी जिल्ला कमिटी अर्घाखाँचीका जिल्ला कमिटी सदस्य एवं मैदान विद्युत उपभोक्ता समितीका अध्यक्ष खुमानन्द घिमिरे सुमनको दुवै मृर्गौला खराव भई काठमाण्डौ स्थित शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको नोवौँ दिनको अवसरमा एकिकृत माओवादी जिल्ला कमिटी अर्घाखाँचीले सुमनको घरमा सोकसभा सम्पन्न गरेको हो । 
जिल्ला समिती अध्यक्ष चन्द्र वहादुर खड्का उज्वल,सचिव ठाकुर कुमार विक किसोर,स्थाई कमिटी सदस्य पुर्व डेपुटी कम्णडर तथा पाँच नं प्रदेश ईन्चार्ज चित्र प्रकास ख़नाल वलदेव,पोलिट व्युरो सदस्य एवं कपीलवस्तु जिल्ला ईन्चार्ज गिरधारीलाल न्यौपाने लगायतको उपस्थिती रहेको थियो । 
श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै  वलदेवले सुमनको परिवारको लागी परिआउने जुनसुकै सहयोग गर्नमा पार्टी केन्द पछी नपर्ने र सुमनको नाममा स्मारक वनाउने उद्धोस गर्दै उहाँहरुको सैन्य र पार्टीमा पंतीमा लगाएको योगदानले आज संगठन यस अवस्थामा पुगेको भन्दा खुलेर प्रसंसा गर्नु भयो । यस्तै एमाओवादी जिल्ला अध्यक्ष उज्जलले परिवारको रेखरेख गर्नमा कही कसुर वाँकी नराख्ने वताउदै सर्दान्जली सभा समापनको घोषणा गर्नु भयो ।
श्रद्धाञ्जली सभामा पार्टीको उच्च पंतीदेखी अर्घाखाँची जिल्ला समिती लगायत छिमेकी गावीसवाट नेता कार्यकर्ता र सुभ चिन्तकको ठुलो उपस्थिती रहेको थियो । 
– तस्वीर: डिल्लीराज घिमिरे / अर्घाखाँची डटकम

अन्य समाचारहरु