डिआरजी सुमन
“जव जव समाजमा सकरात्मक विचारधारावादीको यथार्थता आम जनताले अवलम्वन गर्दै विकास र निकासको कार्य अगाडी वढाउन सुरु गर्छन तव तव त्यहाँ भएका राष्ट्रघाती समाज विरोधी नकरात्मक विचारधारावादी तत्वहरु सल्लाउछन तत् पश्चात उक्त नेतृत्वकर्ता व्याक्ती र संस्थामाथी नै आर्थिक नैतिक र भौतिक आक्रमण सुरु हुन्छ ।” नैतिकता विहीन राष्ट्रका शासकवाट नै मुलुकको संवैधानिक व्यावस्थाको गंभिर दुरुपयोग गरी संस्थाहरुमा प्रतिवन्धित नियम लगाउदै उक्त सकरात्मक र विकासप्रेमी नेतृत्वकर्ता ब्याक्तीहरुमाथी निरंकुश तवरले धरपकड़ र अवान्छनीय कार्यवाही प्रक्रिया लगायत यस्तै खाले चरण अवलम्वन हुन थाल्छन तव हामी वुझ्न जरुरी हुन्छ कि हामीले गरेको कामको कारण राज्यका भ्रष्टचारी र राष्ट्रघाती कुतत्वको दैनिक जनतालांई छलकपड गरी कमाई खाने भाँडो रित्तीदै हुदा यो क़दम सुरु हुदैछ ।
जुन घाउबाट तत्काल रगत निस्कदैन त्यो घाँउ निकै ठुलो हुन्छ यसको मतलव सम्झिनुस कि यस्तो चोट कोहि आफ्नाले नै दिएको हुन्छ । दुनियाँको हरेक चिज ठोकर लाग्दा टुट्ने गर्दछ तर एक सफलता नै यस्तो चीज़ हो जुन जती ठोकर खाएबिना मिल्दैन । धेरै रोएको थिए त्यो समय जब भयो मेरो जन्म भई धर्तिमा प्रथम पाईला टेकेको थिए तव संसार मेरो रुवाई र आमाको पीडामा हाँसिरहेको थियो । यो दुनियाँमा त्यो हाँसो बदला लिनेछु भनि कयौँ प्रयत्न गरे तर सधै असफल भै रहे अनि प्रतिवद्धताको आवाज़ वोल्दै छु कि म वाचुन्जेल सवैको हितमा काम गर्ने छु तर कसैको मान्छे वन्ने छैन । निजी सम्पत्ति र दम्पतीको स्वार्थमा लाग्ने छैन एक्लो ज्यान जहाँ मर्यो त्यही चीहान वन्ने मेरो संकल्प हो । जुनदिन म जव मृत्यु सैंयामा हाँसी हाँसी म जानेछु मेरो मरण कसैले पनी तत्काल पत्तो समेत पाउने छैन तर केही समयको अन्तरकालपछी मेरो चिहान भेंटीने छ तव यो दुनियाँ मेरो वास्तविकताको सम्झनामा डाकोछाडी रुनेछन । जब आफ्नो जीवन खतम हुन्छ तब जिउनुको ढङ्ग थाहा हुन्छ,जब गाडी छुट्छ तब यात्री घरबाट बाहिर आई कराउछ जव मानव मरेर जान्छ तव विचरा भनी डाकों छाड्दै यस्तो राम्रो र उस्तो राम्रो थियो भन्दै रोएँको नाटक रच्छ,यहा यदि केही सिक्नुछ भने आँखामा पढ्नु सिक्नुस जिब्रोबाट त मान्छेले हजारौ मतलब निकाल्दछ,आवाजहरुको शहरमा आखिर के मिल्दछ खै तर आफ्नो आफ्नो हिस्साको सुख दुखमा मौनता लिनुस कसैले पनी जतिसुकै आज धनपती,रूपवती र शक्तिवान आफ्नो मूल्य त्यति नै राख्नुस जति लागतमा वजारमा बिक्न सक्छ स्मरण रहोस यदी यसको वास्तविक मुल्य वाहिर गई कुनैपनी चीज़को यदि अनमोल मुल्य निर्धारित गरियो भने उक्त वस्तु सडेर जानुको विकल्प रहने छैन ।
कुनैपनी प्राँणीले बच्चा जन्माउनु कुनै ठुलो कुरा होईन तर उक्त बच्चालाई शान्त र नैतिकतापुर्ण वातावरणमा सकरात्मक शिक्षा र पालनपोषण दिएर हुर्काउनु बढाउनु र सवल राष्ट्रसेवक वनाई समाजमा उतार्नु धेरै ठुलो कुरा हो । जतीवेला सन्तान कुलतमा फस्छ वा नैतिकता विहीन वन्छ त्यस्तो हुनुको मुल दोषी आमावुवा,शिक्षक र उक्त व्याक्तीले वाल्यकालमै विताएको समाज नै हो किनकी यदी सही वातावरणको परिवार,समाज र विद्यालयमा नैतिक शिक्षा प्राप्त गर्ने अवसर पाएको वच्चा भविष्यमा कदापी कुनैपनी प्रकारको अपराधी हुनै सक्दैन ।
यस्तै सामाजिक सस्थाहरुमा पनि यही नियम लागु हुनेहुदा सस्थालाई सक्षम वनाउने काममा कार्य समितीको मुल हाँत रहन्छ । कुनैपनी सामाजिक हितको लागी स्थापना गरी राज्यको कानुन वमोजिम दर्ता भएका संघसंस्थाको नीति नियम र विधान आफैमा कदापी खराव हुनै सक्दैन किनकी सस्थाको दर्ता ऐनमै राष्ट्रता र मानवताको अहित हुने गरी गठित संस्था कानुन संवत नै दर्ता हुने व्यावस्था छैन । तर अपसोच हात्तीको देखाउने दाँत र चपाउने दाँत वेग्लै भए जस्तै केही संघसस्थाको गतिविधी छन्दभेदी हुनेहुदा यसको चपेटामा यथार्थतावादीलाई समेटीएको पाईन्छ । आज सामाजिक सस्थाको नेतृत्व गरी रहदा कार्य समितिका पदाधिकारीवाट नै कतै न कतै ढिला सुस्ती हुन खोज्दा वा पदिय ज़िम्मेवारी जानेर वा नजानेर गहन रुपमा सदुपयोग नगरी दिदा के गर्नु एक रथको दुइ पाङग्रा भने झै कहिले काँही अकस्मात् अर्को पाङग्राले काम गर्न असफल रहदै गर्दा दोहोरो भार थेग्दै जसरी तसरी लतारेरै भएपनी गन्तब्य तिर लाग्नु पर्ने रहेछ ।
यस विषयमा सर्वत्र थाहा नै छ कि जहाँ निकै कठिन र अफ्ठ्यारो मोड़ आउछ आम्दानीको माध्यम सुन्य हुन जान्छ त्यहीवाट नै आफन्तले पनी पराई वन्दै नयाँ पुराना दुश्मनी व्युताउन गर्न थाल्छन अवसरवादीहरु धेरैले दशकौ देखी निरंतर समाती रहेको हाँत छाड्छन अनी एक्लो जंगलमा अल्पत्र रुपमा छाडी पारिवारिक सदस्यलाई समेत अपरिचित वनाउदै विभिन्न आरोप प्रत्यारोपण गरी समाजवाट पतन वनाउदै नयाँ शक्तीको पछाड़ी अवसरको भीख माग्न समेत पछी प्रदैनन् । जतीवेला सामाजिक यात्राको गन्तव्य सहज मार्गतर्फ सुरु हुदै आर्थिक भौतिक र सामाजिक सुविधा सहितका माध्यमको निकट पुग्दछ त्यहाँ पुग्दै गर्दासाथ फेरी अवसरवादी तत्व सवैको भिड़ लाग्ने गर्छ किनकी यहाँ काम गरेर खाने भन्दा लुटेर र अरुको दिमाख भुटेर नाम र दाम कमाउदै अरुले गरेको राम्रो कामको जस आफुले लिनेको ठुलो भीड़भाड़ छ ।
आज सम्म समाजमा धेरै संस्था जन्माईए केही संस्था सफलताको शिखरमा पुग्न सफल भए कयौँ संस्थाका धरातलमै सिमित गराएर संस्था प्रमुखले सुभ चिन्तक र ती संस्थाको क्षणिक नेतृत्वदायी खोल ओढ़ी आफुनुकुल वर्चस्व लादने अवसर नपाएकै कारण पदिय ज़िम्मेवारीदेखी अनौपचारिक रुपमा पन्छिएर आफु अर्को संस्थाको संस्थापक र अध्यक्ष वन्ने योजनामा पुगी ती नावालक सस्थालाई अविभावक विहीन टुहुरो वनाएर आफ्नो मातृत्व र पितृत्वलाई तिलन्जली दिई नयाँ संस्था खड़ा गर्दै नैतिक रुपमा पतन निकट पुगेको अवस्था छ । मलाई यस विषयमा निकै खेद छ कि निरन्तर सामाजिक यात्री वन्ने समयावधि विच सदैव अरुलाई सफलताको शिखरमा पुर्याउन सधै भर्यांगको खुड्किलाको मात्र काम गर्नु पर्ने अवसर मिल्यो । अनि मैले गरेको राम्रो कामको जस सधै उसैले आफ्नै नाममा लिने तर उसले गरेको नराम्रो कामको अपजस भने मै लिनु पर्ने कस्तो दुर्भाग्य रहेछ यो सामाजिक यात्रा है । म सदैव समाज र उसको पक्षमा सदैव सकरात्मक र यथार्थवादी रुपमा लागी रहे वदलामा मैले सधै उसको नजरमा नकरात्मक व्यावहारिक शव्दावलीवाट अपमानित हुने सौभाग्य मात्र पाउन सफल रहेको यथार्थ नै हो ।
अन्त्यमा आज सम्म पाएको शिक्षाले म यो निष्कर्षमा पुगी सकेको छु कि कसैले मलाई वास्ता गरोस वा नगरोस म सदैव सवैको हितको पक्षमा अन्तिम स्वाँस रहुन्जेल नै समर्पित रहने छु । म जीवित रहुन्जेल समाजवाट मैले सदैव नकरात्मक कार्य गरे मार्फत तालीको हैन सकरात्मक कार्य गरे मार्फत गालीको अपेक्षा गर्दछु । आफुवाट जिम्मा लिएर जन्माईए एक दर्जन धेरै संस्था मध्ये सवैभन्दा ज़िम्मेवारी र प्रभावशाली संस्था “Psmnepal – पिएसएम नेपाल”लाई वचाउन र सहि रुपमा समाज,राष्ट्रिय अन्तराष्ट्रीय रुपमा स्थापित गराउदै सस्थाको उद्देश्य सर्वोच्च सफलताको शिखरमा पुर्याउने काममा आजीवन प्रयत्नशील रहने दृढ़ता पुर्ण संकल्प व्याक्त गर्दै यस संस्थामा हातेमालो गरी आगमनगर्न चाहानेलाई स्वागत गर्दै वहीर्गमनगर्न चाहानेलाई सदैव विदाईको हाँत हल्याउदै “अन्याय र असमानता विरुद्धको विश्वव्यापी खोजी अभियान”मा प्रतिवद्ध छु । यसै प्रतिज्ञाको साथ मेरो यात्रा एकल रुपमै अगाडी वढ्दै छ ।
लेखक : मानवीय न्याय र समानताको सवालमा पृथक विचाररधाराको परिचय स्वतन्त्र पत्रकार डिआरजी सुमन हो ।