अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएको विस्फोटमा कम्तीमा सातजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । विस्फोट एउटा टेलिभिजन च्यानलको मोटरलाई लक्षित रहेको अधिकारीहरुको भनाई छ ।
काबुलस्थित रुसी दुतावास नजिकै टोलो टेलिभिजन च्यानलको मिनी बसलाई निशाना बनाएर विस्फोट गराइएको थियो । विस्फोटमा सात जनाको मृत्यु हुनका साथै २० जना घाइते भएका छन् ।
सो टेलिभिजनले ट्वीट गर्दै भनेको छ, दुर्भाग्यवस् आज एक आतंकवादी हमलामा हामीले आफ्ना सात कर्मचारी गुमाएका छौं ।
सो हमलाको जिम्मेवारी तालिवानले लिएको छ । गत सेप्टेम्बरमा कुन्दुजमा भएको हिंसाको समाचार सम्प्रेषण गरेको भन्दै तालिवानले उक्त च्यानललाई कारवाहीको धम्की दिएको थियो । (एजेन्सी)