ठाडा र सितापुर गाबिसमा एमालेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

ठाडा, अर्घाखाँची (अर्घाखाँची डट्कम )।  नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्चालन गरेको पार्टी प्रक्षिषण अभियान अन्तर्गत ठाडा र सितापुर गाबिसमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहीवार सम्पन्न भएको छ ।
 
नेकपा एमाले जिल्ला समिती अर्घाखाँचीका उपसचिव तथा सितापुर र ठाडा गाबिसका लागि जिल्लाबाट प्रशिक्षक तोकिएका प्रेम नारायण गैरेको प्रमुख आतिथ्यमा भएका कार्यक्रममा सभासद दुमन थापा, जिल्ला कमिटी सचिवालय सदस्य बसन्त कुमार श्रेष्ठ, जिल्ला कमिटी सदस्य काशीराम आचार्य, गोबर्धन थापा, शिवकला विक, २ नम्बर क्षेत्रिय कमिटी उपाअध्यक्ष धन बहादुर राना लगायतका नेताहरुले नयाँ सबिधानका विशेषता, पार्टी विधान, समसामुहिक राजनीतिक परिस्थिती र सरकारको काम लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । 
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको सविधान अधिकार र लोकतान्त्रिक मुल्य मान्यताको सवालमा संसारकै उत्क् ष्ट सविधान रहेको बताउदै भारतको नाकाबन्दी र मदेश आन्दोलनको कारण सरकारले सोचे जस्तो काम गर्न नसकेपनि राम्रो सुधारका कामको योजना अगाडि सारेको बताएका थिए ।  
ठाडा भेलाको अध्यक्षता ठाडा गाउँ कमिटी अध्यक्ष ज्योति आचार्य, संचालक सचिव टन्क पौडेल र स्वागत मन्तब्य उपाध्यक्ष्य तुल्सी घिमिरेले गरेका थिए । यस्तै सितापुर गाबिसमा भएको भेलाको अद्क्ष्यता सितापुर गाउँ कमिटी अध्यक्ष यादब राज घिमिरे, सन्चालन गाउँ कमिटी सचिव बिष्णु अधिकारी र स्वागत भाषण गाउँ कमिटी उपाध्यक्ष टेक बहादुर क्षेत्रीले गरेका थिए । 
प्रक्षिशण भेलामा ठाडा र सितापुर गाबिसका पार्टी सदस्य तथा अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।