फ्रान्समा इस्लामिक स्टेट (आइएस) बिरुद्धको कारबाही समाप्त नभएसम्म सकंटकाल जारी रहने भएको छ ।
फ्रान्सका प्रधानमन्त्री मानुएल भल्सले आतंकवादी समूह आइएसका कारण देश असुरक्षित रहेको भन्दै संकटकाल जारी रहने बताएका हुन् ।
फ्रान्सको पेरिसमा गत नोभेम्बरमा आइएसले गरेको आतंकवादी हमलामा १३० जनाको मृत्यु भएपछि सुरक्षा ब्यवस्था कडा तुल्याइनुका साथै केही साताका लागि भन्दै संकटकाल लागू गरिएको थियो ।
यसैबीच फ्रान्सेली प्रहरीलाई शंकास्पद ब्यक्तिलाई पक्राउ गरी सोधपुछका लागी हिरासतमा राख्नेसम्मको अधिकार दिइएको छ । इराक र सिरिया लगायत विश्वका विभिन्न देशमा आतंकवादी हमला गर्दै आएको आइएसको आक्रमणमा परी सयौंको मृत्यु भइसकेको छ । (एजेन्सी)