ग्रिसको इजिएन सागरमा आप्रवासी चढेका दुई डुंगा डुब्दा ४२ जनाको मृत्यु भएको छ ।
ग्रिसको कालोलिम्नोस टापु नजिक ३४ जना आप्रवासी चढेको डुंगा डुबेको हो । जसमा ११ जना बालबालिका रहेको बताइएको छ । यस्तै ८ जना चढेको अर्को डुंगा फार्माकोनिसी टापु नजिक डुब्दा उनीहरुको मृत्यु भएको हो ।
विशेष गरी द्वन्द्वग्रस्त मध्यपूर्वी देशबाट समुद्रको असुरक्षित बाटो हुँदै अवैध रुपमा युरोप प्रवेश गर्ने क्रम बढेको छ । यस क्रममा धेरैको ज्यान जाने गरेको छ ।
गएको वर्ष मात्र १० लाख भन्दा धेरै आप्रवासी समुद्रको बाटो भएर युरोप प्रवेश गरेका थिए । यसक्रममा सात सय भन्दा बढिको समुन्द्रमा डुङ्गा दुर्घटनामा परि मृत्यु भएको थियो । (एजेन्सी)