पटौटी । फाइल तस्बिर
घनश्याम पौडेल
पटौटी, अर्घाखाँची । नेपाली कांग्रेसको १३ औ महाधिवेशन नजिकिदै गर्दा गाउँ गाउँमा कार्यक्रम हुन थालेका छन ।
सोही अवसरमा नेपाली कांग्रेस पटौटी गाविसको आयोजनामा आज अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले १३ औ महाधिवेशनमा सवैलाई मिलाएर सकेसम्म गाउँदेखि केन्द्र सम्म नै सर्वसम्मत रुपमा नयाँ कार्यसमिती वन्ने वताईएको थियो । त्यस्तै पुरानालाई सम्मान र ६० प्रतिशत युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह समेत गरेका थिए, अव आउने नेतृत्वले पार्टीका विभिन्न कार्य गर्न २४ सै घण्टा तप्पर हुने गरी युवा पुस्तालाई नेतृव्व हस्तान्तरण गर्न सवै नेताहरुलाई आग्रह समेत गरेका थिए ।
कार्यक्रममा पार्टीका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नको लागी नेपाली कांग्रेसका युवानेता इन्द्रमणि पौडेलले एउटा माईक समेत सौजन्य गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती कमल प्रसाद भुसालको प्रमुख अतिथ्यता, सचिव वासुदेव आचार्य, महासमिती सदस्य हिम्मत टण्डन, श्यामनाथ कास्यप, सुर्य प्रसाद अधिकारी पुर्व उपसभापती जिल्ला कार्य समितीका सदस्य विष्णु प्रसाद खनाल मुस्कान, क्षेत्र नं. २ का सभापती मणिराम पौडेल, सचिव हेमन्त वेल्वासे, नेपाली कांगेसका युवानेता इन्द्रमणि पौडेल, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितीका सहसचिव कृष्ण प्रसाद पौडेल लगाएत नेपाली कांग्रेसका क्रियाशिल सदस्य, नेता तथा कार्यकर्ताको उपस्थितीमा कार्यक्रम सम्पन्न थियो ।