कविता लेख्दैमा मृत्युदण्डको सजाय सुनाइएका प्यालेस्टाइनी कवि असरफ फायद प्रति समर्पित कविता

Displaying 12583909_954525887957886_282677804_n.jpg
Displaying 12583909_954525887957886_282677804_n.jpg
किरण पाण्डे : बल्कोट ३ साजबोट – अर्घाखाँची, हाल: काठमाण्डौ
सायद तिमी शब्दलाई शब्दको रुपमा मात्र हेर्छौ
तर शब्द फगत शब्द होईनन् 
मानबको उत्पत्ती र बिकास, 
तिम्रो उदय र बिलय 
तिम्रो शाषण र शोषण 
एकदिन पक्का अन्त हुनेछन केबल शब्दले 
तर 
तर त्यो दिन शब्द शब्द होइन्
शब्द शब्द भन्दा माथि उठेनछन्
शब्दमा भाब देखिनेछ
मानिसमा रङ होइन , रङ रङमा मानिस देखिनेछन्
ढङ ढङमा मानिस देखिनेछन 
अनी मानिसमा तिम्रो जस्तो दानवता होईन, 
तिमीमा जस्तो क्रुरता होइन 
एउटा त्यस्तो भावना जाग्नेछ जसले 
तिमीले बगाएका रगतका भल भन्दा 
सयौ गुणा बढी शक्तिशाली एकताका नारा घन्काउनेछन |
याद गर , त्यो दिन शब्द शब्द भन्दा माथी उठ्नेछन्
तिमीलाई म घृणा गर्दिन , तिम्रो बदलामा म तिमीलाई फासी दिदिन
किनकी तिमी रह्यौ भने त देख्नेछौ 
शब्दको शक्ती तिम्रा आलिसन 
महल बाहिर उभिएका गार्ड्ले बोकेका पेस्तोल्को भन्दा अनगिन्ती बढी हुन्छ भनेर्
त्यो हेर्न त तिमी जिबित हुनैपर्छ
तिमी नर्कारोहण भयौ भनेनी केहि छैन ,
तिम्रो अस्तु नसेलाउदै म तिमीलाई शब्दको शक्ती देखाउनेछु
तिमीले बन्दुक चलाउन सिकाउने हातलाई म कलम चलाउन सिकाउनेछु 
अनि
अनी तिमीले फासी दिने भनेका अस्रफ लाई म तिम्रो पद दिनेछु 
अनि देखाउनेछु सन्सारलाई शाषन भनेको कस्तो हुन्छ भनेर 
तर त्यो दिन शब्द शब्द भन्दा माठी उठ्नेछन । पक्का …
 लेखकलाई फेसबूकमा यहाँ भेट्न सकिन्छ नाममा क्लिक गर्नुहोस् : किरण पाण्डे