अमेरिकामा दुई दिनदेखि सुरु भएको हिमपात र आँधीहुरीका कारण अमेरिकामा १९ जनाको मृत्यु भएको छ ।
शुक्रवारदेखि लगातार परेको हिमपात र आँधीहुरीका कारण ९ जना र बाँकी १० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको समाचार फक्सले जनाएको छ । हिमपातका कारण अमेरिकाको पूर्वी भूभागको जनजिवन प्रभावित भएको छ ।
एघार राज्यहरुमा संकटकाल घोषणा गरिएको छ । हिमपातले सबैभन्दा प्रभावित नर्थ क्यारोलिना राज्यमा झण्डै एक लाख ५० हजार जति घरमा विद्युत आपुर्ती बन्द भएको छ भने वासिङटन डिसीमा शुक्रबार दिउँसो देखि आईतबार सम्मका लागि सार्वजनिक यातायात