नाकाबन्दी तथा ग्यासको अभाव भन्दै सन्धिखर्कमा दाउराको डिपो सञ्चालन, प्रतिकिलो ७ रुपैया पँचास पैसा

 बसन्त श्रेष्ठ ‘छापेली’
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आईतवार देखि दाउराको डिपो सञ्चालनमा आएको छ । 
सन्धिखर्कको गुन्टखोलाबाट अब शुपथ मुुल्यमा दाउराको बिक्री बितरण हुने सञ्चालक चन्द्रवता पाण्डेले  जानकारी दिनुुभएको छ । 
डिपोको जिल्ला वन अधिकृत बलिराम पण्डितले एक कार्यक्रमका बिच उत्घाटन गर्नुभएको थियो । पण्डितले दाउरा बिक्री डिपोको उत्घाटन गर्दै डिपोलाई ढला पडा काठहरुको जिल्ला वन कार्यालय तथा वन पैदावार महासंघ सँग समन्वय गरेर निरन्तरता दिन आग्रह गर्नुुभयो ।
पण्डितले डिपोबाट बिक्री बितरण भएका दाउराहरु व्यावसायिक प्रयोजनमा प्रयोग हुुन नदिन सञ्चालकलाई सतर्क रहन अपिल समेत गर्नुभयो । नाकाबन्दी तथा ग्यासको अभावमा सञ्चालन गरिएको दाउरा डिपोबाट अर्घाखाँचीबासीले राहत पाउनेमा आाफु आशाबादी रहेको पनि पण्डितले बताउनुुभयो । 
कार्यक्रममा जिल्ला वन समन्वय समितिका देबिबहादुर खड्का, मोतीजंग रायमाझी। देउराली यातायात व्यावसायी समितिका अध्यक्ष योगेन्द्र खड्का लगायतले दाउरा डिपोले जिल्लाबासीलाई उपयोगी हुने बताउनुुभएको थियो । सर्वसुलभ रुपमा डिपोले दारा उपलब्ध गराउने सञ्चालक पाण्डेले जानकारी दिनुुभयो । ढिपोले प्रतिकिलो ७ रुपैया पँचास पैसाको दरले दाउरा बिक्री गर्ने छ । 
कार्यक्रम वनपैदाबार संघका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षता र प्रेम प्रकाश पाण्डको सञ्चालनमा सम्पन्न भएको थियो ।