स्पेनमा ६.२ म्याग्निच्यूट तीब्रताको भूकम्प

स्पेनमा भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार ६.२ म्याग्निच्यूट तीब्रताको भूकम्प गएको हो ।
स्पेनको मालागाबाट १ सय ६२ किलोमिटर दक्षिण पूर्वलाई केन्द बिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । भूकम्पबाट केही घरहरु चर्किएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार १२ मिनेट भित्रै भूकम्पका तीन शक्तिशाली धक्का महसुस गरिएको छ । ६.२ को तीब्रता लगत्तै ५.० र ५.३ म्याग्निच्युटका धक्का महसुस गरिएको हो । (एजेन्सी)