अर्घाखाँचीका गाँउ, चोक र चौताराहरुमा कांग्रेस महाधिवेसनको चर्चा, सभापतिमा ६ जनाको दाबी

काग्रेस अर्घाखाँचीमा सभापति पदका दाबेदारहरु दाँयाबाट क्रमस कमल प्रसाद भुसाल, बासुदेब आचार्य र बिष्णु खनाल मुस्कान । तस्बिर: प्रेम आचार्य, अर्घाखाँचीडट्कम
प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची  । नेपाली काग्रेसको १३ औ महाधिवेसन नजिकिदै गर्दा  केन्द्रमा शुसिल कोईराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको नाम चर्चामा आए जस्तै जिल्लामा ६ जनाको नाम चर्चामा रहेको छ ।
जिल्ला कार्य समिति को सभापति को बन्ने भन्ने बिषयले अर्घाखाँचीमा आज भोलि चर्चा पाएको छ ।    सदरमुकाम सन्धिखर्कका चोक, गल्ली, चिया पसलमा मात्र हैन गाँउ गाँउका चोक र चौताराहरुमा पनि काग्रेस महाधिवेसनर जिल्ला अधिवेसनमा को सभापति बन्छ भन्ने बिषयको चर्चा हुने गरेको छ ।
सभापतिका लागि बर्तमान सभापति कमल प्रसाद भुसाल, महाधीबेसन प्रतिनिधि तथा जिल्ला सदस्य बिष्णु प्रसाद खनाल मुस्कान, जिल्ला सचिब बासुदेब आचार्य, महासमिति सदस्य श्यामनाथ कास्यप र जिल्ला सदस्य माधब भुसालको नाम चर्चामा रहेको छ ।
काग्रेसका एक थरि नेता भने गएको  जिल्ला अधिबेसनमा कमल प्रसाद भुसाल, बिष्णु मुस्कान बिच निर्बाचन गराउदा कार्यक्रता माझ मेलमिलाप हुन नसकेको भन्दै सर्ब सहमति बाट पुर्ब जिल्ला सभापति पिताम्बर शर्मालाई सभापति बनाउनु पर्ने भन्दै हिडेका छन ।
पटौतीमा । 
अहिलेको अबस्थालाई हेर्दा जिल्ला सभापति को बन्ने भन्ने अड्कल गर्न सकिने अबस्था छैन । बर्तमान सभापति कमल प्रसाद भुसाल सालिन कार्यक्रताको भाबना बुझ्ने सुख दखमा साथ दिने र सबैलाई एउटै नजरबाट हेर्ने नेताको रुपमा चिनिएका छन । उनले जिल्लाका सबै क्षेत्रमा आफु हिडेको र अधिकांस कार्यकर्ताले सभापतिमा उठनु पर्ने बताएका कारण आफनो जित हुने दाबी गरेका  छन । 
त्यस्तै १२ औ जिल्ला अधिबेसनमा कमल भुसाल संग मात्र ६ भोटले हारेका बिष्णु खनाल मुस्कान मिजासिलो, अरु पाटीका नेताहरु समेत मिलाउन सक्ने बिकास निर्माणमा काममा अग्रसर हुने र कार्यक्रताका लोक प्रिय नेताको रुपमा चिनिन्छन । खनालले जिल्लामा कागेस कार्यकर्तालाई एकै स्थानमा लिएर हिडन आफु सक्षम रहेको र कार्यकर्ताको भाबना पनि त्यहि रहकाले आफनो जित हुने दाबी गरेका  छन । 
अर्का प्रत्यासी अहिलेका सचिब बासुदेब आचार्य लागेको कुरा बोलि हाल्ने  पाटीमा सक्रिय जनता र कार्यक्रता माझ लोक प्रिय, बिकासका कार्यमा लाग्ने कसै संग नझुक्ने र नेता देउवाका  नजिकका नेताको रुपमा रहेका छन । आफु युबा भएको र सबैको मनोभाबना युबाले नेतृत्व गर्नु पर्ने भएकाले आफनो जित हुने दाबी गरेका छन ।
अर्का प्रत्यासी श्यामनाथ कास्यप प्रबासमा राजनिति संगै जिल्लाको पुर्बी भेगमा काग्रेसको नेतृतव लैजानु पर्ने दाउमा रहेका छन । अर्का प्रत्यासी माधब भुसाल सहमतिमा आफु सभापति हुन चाहेको र आफु सभापति भए पछि जिल्लामा देखिएको कार्यक्रताको तिक्तता मेटाउने बताउदै आएका छन । 
केन्द्र र अन्य जिल्लामा कोईराला पक्ष र देउवा पक्ष बिचनै घम्साघम्सी हुने भउ पनि अर्घाखाँचीमा केन्द्रिय दुई नेताको रुपमा गुट र खेमा १२ औ जिल्ला अधिबेसनमा पनि देखिएन भने यो अधिबेसनमा पनि नदेखिने सम्भाबना बलियो रहेको छ । यहाका नेताहरु आफ्नै टिम बनाएर हिडेका छन । 
बिगतका जिल्ला अधिबेसनलाई हेर्दा काग्रेस अर्घाखाँचीका केन्द्रिय नेताहरु ढुण्डिराज शास्त्री, मान बहादुर बिक, रेवती प्रसाद भुसाल, पुस्पा भुसाल र डा रामशहादुर बिसीको साथ र समर्थनले कस्ले जित्ने भन्ने निर्णय हुने गरेको देखिन्छ । अहिले सम्म जिल्लाका केन्द्रिय नेताहरु खासै खुलेर बोलेका छैनन । 
त्यस्तै सचिबमा बर्तमान सचिब लोकेन्द्र बिक, कोषाध्यक्ष हरिबहादुर खड्का, महाधिबेसन प्रतिनिधि कृष्ण प्रसाद खनाल, पुर्ब जिल्ला सहसचिब बाबुराम पौडेल, युबा नेता ईन्द्रमणि पौडेल, तरुण दलका जिल्ला अध्यक्ष पिताम्बर खनालको नाम चर्चामा रहेको छ । 
  क्षेत्र नम्बर १ बाट महाधीबेसन प्रतिनिधिमा रेवती प्रसाद भुसाल, डा. राम बहादुर बिसी, पिताम्बर शमाृ, बिष्णु मुस्कान, कृष्ण खनाल, हरि बहादर खड्का, हरिहर आचार्य, लोकेन्द्र बिक, माधब भुसाल, लेखनाथ पोख्रेल डा. मुक्ति श्रेष्ठ, देबराज श्रेष्ठ, केसब श्रेठ, लक्ष्मी श्रेष्ठ, राधा आचार्य , निर्मला क्षेत्री, मिरा पाण्डे, अनिता ज्ञवाली, मणिराम परियार, धर्म खनाल, पिताम्बर खनाल लगायतका नेताहरुको नाम चर्चामा रहेको छ ।
क्षेत्र नम्बर २ बाट मान बहादुर बिक, पुस्पा भुसाल, कमल प्रसाद भुसाल, ढुण्डिराज शास्त्री, बासुदेब आचार्य, श्यामनाथ कास्यप, सुर्य अधिकारी, यादब घिमिरे, धर्म भुसाल, ,छबिलाल पौडेल, अच्युत र्गौतम, ईन्द्रमणि पौडेल, मणिराम पौडेल, माधब पौडेल, शान्ता भण्डारी, सिता पराजुली, छमा कार्की, कमल बिक, प्रितम थापा, अहमद हुसैन, गोपाल घिमिरे,  लगायतका नेताहरुको नाम चर्चामा रहेको छ ।
  क्षेत्र नम्बर १ को सभापतिमा केदारनाथ भुसाल, मिरा पाण्डे, तारा प्रसाद श्रेष्ठ , पिताम्बर खनाल, लगायतका नेताहरुको नाम चर्चामा रहेको छ । क्षेत्र नम्बर २ को सभापतिमा अच्युत गौतम, हेमन्त बेल्बासे, सुरेन्द्र पोख्रेल, मोती बेल्बासे लगायतका नेताहरुको नाम चर्चामा रहेको छ ।
जताततै  यस्तो छ महाधिवेसनको चर्चा- प्र्चारप्रसार