इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले आतंकवादलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।
महासचिव वानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा प्यालिस्टेनीहरुमाथि इजरायलले गरेको कारवाहीको निन्दा गरेपछि प्रधानमन्त्री नेतनन्याहुले यस्तो आरोप लगाएका हुन् ।
बैठकमा महासचिव मुनले प्यालेस्टीनीहरुलाई उदृत गर्दै दमनको विरुद्ध उठ्नु मानवीय स्वभाव हुने भनि टिप्पणी गरेका थिए । आधा शताब्दीदेखिको निरन्तर द्वन्द्वका कारण प्यालेस्टेनी युवा पुस्तामा देखिएको अलगाववाद र चरम निराशाले शान्तिप्रक्रियालाई कमजारे बनाएको उनको भनाई थियो ।
तर इजरायली प्रधानमन्त्री नेतन्याहुले भने संयुक्त राष्ट्रसंघले धरै पहिलादेखि नै आफ्नो निष्पक्षतालाई कायम गर्न नसकी आफ्नो नैतिक शक्तिलाई गुमाएको आरोप लागएका छन् ।
प्यालेष्टेनी हमलाकारीहरुले नयाँ राज्यको निर्माण भन्दा पनि राज्य ध्वंसको बाटोमा लागेको उनको टिप्पणी छ । पछिल्लो चार महिना यता भएका हिंसामा १ सय ५८ प्यालेस्टीनी, २८ इजरायली, एक अमेरिकी र एक इरिट्रियन नागरिकको मृत्यु भएको छ । (एजेन्सी)