एमाले बाणिज्य संघ अर्घाखाँचीको प्रथम अधिवेशन सन्धिखर्कमा सम्पन्न, अध्यक्षतामा योगेन्द्र खड्का

बसन्त श्रेष्ठ ‘छापेली’
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची नेकपा एमाले समर्थित नेपाल बाणिज्य संघ अर्घाखाँचीको प्रथम अधिवेशन बुधवार  सन्धिखर्कमा सम्पन्न भएको छ । 
अधिवेशनले योगेन्द्र बहादुर खड्काको अध्यक्षतामा १९ सदस्यिय नयाँ कार्य समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा बेदराज घिमिरे, निमबहादुर महत, सचिवमा पिताम्बर भुसाल, सहसचिवमा नवराज बञ्जाडे, कोषाध्यक्षमा पुण्डरीलाल पोख्रेल रहनुभएको छ । 
त्यस्तै बाणिज्य संघको कार्य समिति सदस्यमा सराजुल मिया, नारायण गैरे, अमरलाल पुरी, मतिलाल खनाल, गुणनिधी भुसाल, कृष्णप्रसाद बञ्जाडे, नारायण कडेल, चेतनारायण भुसाल, कमला श्रेष्ठ, पार्वता श्रेष्ठ, गोपाल भुसाल लगायतका रहनुभएको छ ।
 अधिवेशनको खुल्ला शत्रको उत्घाटन संघका केन्द्रिय अध्यक्ष धनराज आचार्यले गर्नुभएको थियो । अधिवेशनको उत्घाटन गर्दै आचार्यले देशभरका उद्योगीहरु एक हुनु पर्नेमा जोड दिनुभयो । उहाँले देशमा बिभिन्न उद्योग स्थापना गर्ने बिचैमा पलायन हुने प्रबृति रहेको भन्दै कार्यक्षेत्र निर्धारण गर्दै प्रयाप्त अवसरको श्रृर्जना  गर्नु पर्ने बताउनुभयो ।  कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि कार्यबाहक अध्यक्ष जीवनारायण कोईराला, पुर्व राष्ट्रिय प्रतिनिधी परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्री, संघका केन्द्रिय उपाध्यक्ष कृष्ण पाण्डे, जिल्ला कमिटि सचिव रामबहादुर चौहान, संघका केन्द्रिय सदस्य शंकर भट्टराईले अधिवेशन सफलताको शुभकामना ब्याक्त गर्नुभएको थियो । बन्द शत्र नेकपा एमाले जिल्ला कमिटि सचिव रामबहादुर चौहानको अध्यक्षतामा र प्रेश चौतारीका उपाध्यक्ष एवं बन्दशत्र अध्यक्ष मण्डलका सदस्य हृदय भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । 
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख पिताम्बर भुसाल, सचिवालय सदस्य तथा युवा इन्चार्ज सिद्धिप्रसाद भुसाल, जिल्ला कमिटि सचिवालय सदस्यहरु सरोज भुसाल, रामचन्द्र पोख्रेल, युवराज श्रेष्ठ, भबिश्वर पाण्डे, जिल्ला कमिटि सदस्य नारायण अर्याल, लिबहादुर बिक, जनक गैरे, युवा संघका जिल्ला अध्यक्ष गोबिन्द आचार्य, प्रेश चौतारीका जिल्ला अध्यक्ष हिमबहादुर जिसी लेकाली, उद्योग बाणिज्य संघका सदस्य लक्ष्मण कडेल लगायतको आथित्यता रहेको थियो । 
अधिवेशनको खुल्ला शत्र सचिव निमबहादुर महतको सञ्चालन, बाबुराम पन्थीको स्वागत मन्तब्य र योगेन्द्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।