एमालेको संगठन सुदृढिकरण अभियान डिभर्नामा सम्पन्न

डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) ।  नेकपा एमालेले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियान तथा संगठन सुदृढिकरण अभियान अन्र्तगत शनिवार अर्घाखाँची जिल्लाको डिभर्नामा सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका अन्र्तगत डिभर्नामा भएको कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा पाटीका अगुवा कार्यकर्ताको सहभागीता रहेको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव रामबहादुर चौहानले नेपालको संबिधान २०७२ र समसामयिक राजीतिक परिस्थितीको बारेमा प्रशिक्षण दिनुभएको थियो । 
कार्यक्रममा बोल्दै कार्यक्रमका  प्रमुख अथिति समेत रहनुभएका उहाँले संबिधान विश्वको लामो तथा विश्वकै उत्कृष्ट भएको पनि दाबी गर्नुभयो । उहाँले संबिधानले सबैको मर्म र भावना समावेश गरेको भन्दै अन्तराष्ट्रिय समुदायले समेत नेपालको संबिधानको उच्च प्रसंसा गरेको बताउनुुभयो । 
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा डिभर्ना इन्चार्ज धुर्वराज आचार्यले संबैधानिक ब्यावस्था र स्थानीय निकायको निर्वाचनको बारेमा बोल्नुुभएको थियो । त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व जिल्ला अध्यक्ष बाबुराम आचार्यले संगठन सृदृढिकरण तथा भाबी रणनितीको बारेमा बोल्नुभएको थियो । 
नेकपा एमाले डिभर्ना गाऊ कमिटि अध्यक्ष लालमणि खनालको अध्यक्षता, सचिव मधुकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा अनेरास्वबियु खुल्ला विश्वबिद्यायल उपाध्यक्ष लक्ष्मण आचार्य, प्रेश चौतारीका जिल्ला सदस्य बसन्त श्रेष्ठ ‘छापेली’ लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम नेकपा एमाले गाऊ कमिटि सदस्य पार्वता श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।