युरोपेली मुलुक स्लोभेनियामा एकै पटक ५० भन्दा बढी सवारी साधन दुर्घटनामा परेका छन् । व्यस्त सडकमा एकपछि अर्को गर्दै ५० भन्दा बढी सवारी साधन ठोक्किएर दुर्घटना भएको हो ।
स्थानीय संचारमाध्यमका अनुसार राजधानी ल्युबलियानालाई एड्रियाटिक कोस्टसँग जोड्ने सडकमा दुर्घटना भएको हो ।
सो दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको विभिन्न संचारमाध्यमले जनाएका छन् । दुर्घटनामा परी अन्य २५ जनाभन्दा बढी घाइते भएका छन् ।
दुर्घटना लगत्तै उद्धारकर्मीहरु परिचालन गरिएको थियो भने दुर्घटनाका कारण केही घण्टाका लागि उक्त सडकमा यातायात अवरुद्ध भएको थियो ।
समाचार एजेन्सीहरुका अनुसार बाक्लो हुस्सुका कारण सो दुर्घटना भएको हो । (एजेन्सी)