चीनमा २० वर्षअघि गलत ढंगबाट फसाएर मृत्युदन्डको सजाय दिलाउने मुद्दामा दोषी २७ जनालाई दन्डित

चीनमा २० वर्षअघि गलत ढंगबाट फसाएर एकजना किशोरलाई मृत्युदन्डको सजाय दिलाउने मुद्दामा दोषी २७ जनालाई दन्डित गरिएको छ ।
१८ वर्षे हुगजिल्ट नामका किशोरलाई एकजना महिलालाई बलात्कार गरेर हत्या गरेकोमा दोषी ठहर्‍याइएको थियो ।
तर, २००५ मा पक्राउ परेका अर्का व्यक्ति उक्त घटनामा मुख्य दोषी पाइएपछि गत वर्ष उसलाई मृत्युदन्डको सजाय सुनाइएको थियो ।
चीनमा कुनैपनि मुद्दामा दोषी ठहरिएकाहरु रिहा भएका घटना अत्यन्त कम छन् भने सजाय प्रमाणित भएपछि त्यसलाई उल्ट्याउनु दूर्लभ मानिन्छ ।
चिनियाँ समाचार एजेन्सी  सिन्ह्वा ले २७ जना अधिकारीहरुलाई प्रशासनिक दन्ड दिएको जनाएको छ ।
अदालतले हुगजिल्टका आमाबाबुलाई सहानुभूतिकोरुपमा ३० हजार युआन दिन आदेश दिएको छ । एजेन्सी