नुवाकोटको च्यूरामाटीमा विद्यालयलाई ४ लाखको जग्गा हस्तान्तरण

विनोद गैरे, अर्घाखाँची
यशोधरा निम्न माध्यमिक विद्यालय नुवाकोट-४, च्यूरामाटी अर्घाखाँचीका पूर्व विद्यार्थीहरुले सञ्चालन गरेको हाम्रो शिक्षा हाम्रो योजना संस्थाले आज एक बृहत कार्यक्रमका विच विद्यालयलाई करिव चार लाख रुपैया बरावरको १ रोपनी ३ आना जग्गा निशुल्क हस्तान्तरण गरेको छ ।

जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका विद्यालय निरीक्षक नारायण प्रसाद पोख्रेलको प्रमुख अतिथ्यता, स्रोत व्यक्ति हरि प्रसाद भुसालको विषेश आथित्यतामा सुरु भएको कार्यक्रममा मन्तव्य राख्दै विद्यालय निरीक्षक नारायण प्रसाद पोख्रेलले संस्थाको कार्यलाई प्रसंसा गर्दै शिक्षाको गुणस्तर विकासको लागि अभिभावको महत्वपूर्ण भूमिका रहेका भन्दै अभिभावकलाई शिक्षा प्रति सकारात्मक चिन्तन राख्न आग्रह गर्नु भएको थियो । निजी स्कुलमा भन्दा सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरु पठनपाठनमा किन कमजोर हुन्छन् भन्ने प्रशङ्गमा पोख्रेलले निजी वोडिङ्ग स्कुलमा पढ्न पठाउदा अभिभावले नानीवावुहरुलाई जुन किसिमको निगरानी राख्छन् त्यही किसिमको निगरानी सरकारी विद्यालयमा पठनपाठन गर्ने नानीबाबुलाई राख्नेहो भने निजी विद्यालयको भन्दा सरकारी विद्यालयको स्तर गुणत्मक रुपले बृद्धि हुने जिकीर गर्नु भयो । त्यस्तै स्रोत व्यक्ति हरि प्रसाद भुसालले भूतपुर्व विद्यार्थीहरुको शिक्षा प्रतिको चिन्तनलाई खुलेर प्रशंसा गर्दै विद्यालयको चैतर्फी विकासको लागि सबै हातेमालो गर्नुपर्नेमा पनि जोड दिदै शिक्षाको विकासको लागि आफु हातमा हात मिलाएर सदैव अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

वि.स. २०३९ सालमा स्थापना भएको सो विद्यालय स्थापना कालमा प्रा.वि तह संचालन गर्न प्रयाप्त जग्गा भएता पनि पछि २०६३ सालमा विद्यालयलाई नि.मा.वि तह संचालनको लागि प्रयाप्त जग्गा नभएको कारण विद्यालयलाई गाउँवाट विकल्पको रुपमा वस्ति देखि वाहिर दारिम्पाटामा रहेको सार्वजनिक ठाउँमा स्थानान्तरण गरिएको थियो । समयको माग संगै सो ठाउँ वस्तिवाट टाढा भएको र केहि समय यता जंङ्गली जनावरको विगविगी भएको कारण पुनः वस्तिमुखी वनाउनु पर्ने आवश्यकता महसुस भएको तर विद्यालयमा प्रयाप्त आर्थिक स्रोत नभएका कारण विद्यालयले जग्गा खरिद गर्न नसको हुनाले विद्यालयका भुतपूर्व विद्याथीहरुले बृहत आर्थिक संकलनको योजना वनाई वि.स. २०७१ सालमा सोही विद्यालयमा अध्ययन गरेका तर हाल बैदेसिक रोजगार तथा स्वदेशमै व्यापार तथा व्यावसाय गरी वसेका शिक्षा प्रेमीहरुको अनलाईन भेला गरी मनोज जी.सी अध्यक्ष, पत्रकार विनोद गैरे उपाध्यक्ष, नेत्र प्रसाद गैरे सचिव , प्रेम प्रसाद गैरे सह सचिव, शान्तराज जी.सी कोषध्यक्ष रहेको ९ सदस्यीय समिति गठन गरी संस्थाको नाम हाम्रो शिक्षा हाम्रो योजना राखी बृहत रुपमा आर्थिक संकलन कार्यलाई अगाडी बढाइएको थियो । संस्थाका सबै पदाधिकारीहरुको इमान्दारिता र लगनसिलताले १ वर्षको छोटो समयमा नै झण्डै ४ लाख नगद संकलन गरी विद्यालयलाई पुनः २०३९ सालमा प्रा.वि. स्थापना भएको विद्यालयको जग्गासंगै रहेको व्यक्तिगत जग्गालाई खरिद गरि जिल्ला मालपोत कार्यालय अर्घाखाँचीवाट विद्यालयको नाममा नामसारी गरी जग्गाको लालपुर्जा विद्यालयका प्र.अ वावुराम खनाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगिश्वर गैरेलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा नुवाकोट गाउँ कमिटी अध्यक्ष चेतनारायण गैरे, एमालेका डिल्लीराज गैरे, नेपाली काग्रेसका देविराम गैरे, ए. माओवादीका यज्ञ प्रसाद गैरेले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष पत्रकार विनोद गैरेको अध्यक्षता र तेज प्रसाद गैरे (वावुरामको) सञ्चालनमा सम्पन्न भएको हो ।

त्यस्तै कार्यक्रमको दोस्रो सत्रमा, विद्यालयले अभियान्तालाई दोसल्ला ओढायर सम्मान गरेको छ । विद्यालयका पूर्व विद्यार्थीहरुले हाम्रो शिक्षा हाम्रो योजना संस्थाद्वारा आर्थिक संकलन गरी श्री यशोधरा निम्न माध्यमिक विद्यालयलाई पुनः स्थापना भएकै स्थानको पछाडी रहेको १ रोपनी ३ आना व्यक्तिगत जग्गालाई खरिद गरि जिल्ला मालपोत कार्यालय अर्घाखाँचीवाट विद्यालयको नाममा नामसारी गरी जग्गाको लालपुर्जा विद्यालयलाई हस्तान्तरण गरेको भन्दै अभियान्ता हरुलाई दोसल्ला, सम्मान पत्र र फुलमाला अविरले सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा संस्थाका उपाध्यक्ष पत्रकार विनोद गैरे, सचिव नेत्र प्रसाद गैरे, सह सचिव प्रेम प्रसाद गैरे, कोषध्यक्ष शान्तराज जी.सी सदस्य वावुराम सुनार रहेका छन् ।