अमेरिकाको जर्जिया राज्यमा सबैभन्दा पाको उमेरका बन्दीलाई मृत्युदन्ड

अमेरिकाको जर्जिया राज्यमा सबैभन्दा पाको उमेरका बन्दी ब्राडन एस्टर जोनलाई मृत्युदन्ड दिइएको छ ।
७२ वर्षीय जोनलाई अन्तिम प्रार्थनापछि घातक इन्जेक्सन दिएर मृत्युदन्ड दिइएको बताइएको थियो ।
लुटपाटकाक्रममा एउटा पसलका मेनेजरको हत्या गरेको अभियोगमा जोनलाई ३६ वर्षअघि मृत्युदन्डको सजाय सुनाइएको थियो ।
उनको मृत्युदन्डको सजाय भने उनका वकिलको अपीलपछि अदालतले पटक-पटक अन्तिम समयमा आएर रोक्न आदेश दिँदै आएको थियो ।
जर्जियामा सन् १९७६ यता ६० जनालाई मृत्युदन्ड दिइसकेको छ भने सजाय पाएका दर्जनौं मृत्युदन्डको पर्खाइमा छन् । (एजेन्सी)