-सानु खतिवडा
मकवानपुर
हाल:- इजरायल
पत्थरलाई सुन ठानी टल्काएर भूल गरेँ
निभेको त्यो दीप फेरि सल्काएर भूल गरेँ |
जाँदै थियो डाड़ा काटी किन रोकेँ बेकारमा
निष्ठुरीलाई माया दिँदै पल्काएर भूल गरेँ ||
रैछ क्यारे काँडाबीच मौलाएको काउछो जस्तै
गुलाब सोची आफैं तिर ढल्काएर भूल गरेँ ||
के रसाउँथ्यो मरुभूमि ? बेकार हो आशा गर्नु
खडेरीलाई सारा माया छल्काएर भूल गरेँ ||
अनाहकै पूजा गरेँ पत्थरलाई द्यौता ठान्दै
टुटी हाल्ने स्वप्नाहरू झल्काएर भूल गरेँ ||