भुसालले बल्ल खोले ‘मोटो रकम नदिए मारिदिन्छौ भनेका थिए’
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशन आगामी माघ २७ देखी २९ गते सम्म काठमाडौंमा हुुुदै छ । अखिलको राष्ट्रिय महाधिवेशन नजिकिदै गर्दा केन्द्रिय तह देखि अञ्चल तथा जिल्ला जिल्ला तहमा पनि आ-आफ्नो आकांक्षा र उमेद्वारी घोषणा गर्ने लहर चलेको छ । आसन्न महाधिवेशनका लागि उमेद्वारहरुले तिब्र प्रचारमा पनि जुटिरहेका छन । खास गरी अनेरास्वबियुको २२ औँ राष्ट्रिय महाधिवेशन र लुुम्बिनी अञ्चलमा त्यसको तयारी कसरी भईरहेको छ भन्नेबारेमा केन्द्रित रहेर अनेरास्ववियु राष्ट्रिय परिषद् सदस्य तथा लुम्बिनी अञ्चलका विद्यार्थी आन्दोलनका अगुवा नेता तथा प्रखर बक्ता हृदय कुमार भुसालले अर्घाखाँची डटकम सँग गरेको कुराकानी
अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशनको मिति संघारमा आई पुुगेको छ तयारीलाई कसरी अगाडि बढाउदै हुुनुुहुुन्छ ?
विद्यार्थी आन्दोलनको नेता संगठन, शैक्षिक गुणस्तर बृद्धि र राष्ट्र राष्ट्रियता, लोकतन्त्र सामाजिक न्याय र रुपान्तरणमा अग्रणी भूमीका निर्वाह गर्दै आएको संगठन अनेरास्वबियुु हो । लामो इतिहास गहिरो अनुुभव, नियमित सम्मेलन, संस्थागत निर्णय, लोकतन्त्र मानव अधिकार, पूर्ण प्रेश स्वतन्त्रता, सामाजिक न्यायसँगै विद्यार्थी हक अधिकार प्राप्तीको प्रतिबद्धता साथै सामाजिक रुपान्तराण्मा पनि निरन्तरता, शैक्षिक गुणस्तरियता केन्द्रित हाम्रो संगठन रहेको हुुदा पक्कै पनि यस तत इसियुुहरुलाई आत्मसाथ गर्नु स्वाभाबिक पनि हो । ताकी हामीले केन्द्रको सर्कुुलर बमोजिम हाम्रा बिगतका अनुुभव, उपलब्धी साथै नितको रक्षाका लागि केन्द्रित भएको अवस्था छ । यसले समग्र राष्ट्रको मार्ग निर्देशन गर्न अहम भूमिका निभाउने छ । त्यसकारण हामीले ब्यापक रुपमा संगठनका कार्यहरुलाई पनि अगाडि बढाएका छौ ।
सम्मेलन भन्ने बित्तिकै प्रतिनीधिको कुुुरा जोडिने गर्छ । खास गरी लुुम्बिनी अञ्चलको तयारी तथा यसको अवस्था कस्तो छ ?
लुम्बिनी अञ्चलको तयारीको सन्दर्भमा केन्दिय कमिटीको सर्कुलरले निर्दिष्ट गरेको कार्ययोजना बमोजिम लुम्बिनीको काम कारवाही अगाडी बढेको छ । केन्दिय सर्कुलर अनुसार माघ ५ गते क्याम्पसबाट ६ गते जिल्ला र ८ गते अञ्चल प्रतिनिधी छनौट गर्ने सर्कुलर अनुसार काम भईसकेको छ अहिले महाधिबेशनको प्रचार प्रसार गर्ने र आर्थिक सकलन गर्ने काममा हामी जुटिरहेका छौ यतिबेला लुम्बीनी अञ्चल अनेरास्ववियुमय भएको छ ।
अनेरास्वबियु आफैमा ठुुलो संगठन हो यस भित्र गुठ उपगुुठ पनि उत्तिकै हुन्न्छ भन्ने कुुरा बेलावेलामा बाहिर आएको हुन्छ वास्तबिकता के हो हृदय जि ?
अनेरास्ववियु विद्यार्थीहरुको लोकप्रिय नेता सगठनको रुपमा स्थापित संगठन हो । यस संगठनको गर्विलो गौरवशाली आफ्नै इतिहास छ । देशको ठुलो संगठन भएको हुनाले यस संगठनमा हजारौं नेता लाखौं कार्यकर्ताहरु छन् । यद्यपी मुलुकका राजनीतिक परिवर्तनका ठुलठुला मोडहरुमा यसको अग्रणी भमिका छ ।ूजुन कसैले बंगाएर बगाउन सक्दैन, यसर्थ पनि यो संगठनमा दिनानु-दिन विद्यार्थीको आकर्षण बढ्दै गएको देखिन्छ । अब आयो गुटको कुरा यो कुनै गुट होइन यति ठुलो संगठनमा विचार मिल्नेहरुको बिचमा प्रचार गर्नु समुह बनाउनेलाई गुट नै भन्न त्यती उपयुक्त नहोला । समुहगत हिसावले चुनाव हुँदा संगठनमा अझ गति आउँछ । किनकि अखिलमा स्वथ्य प्रतिशप्रर्धा हुन्छ विगतको तिहासले पनि त्यस्तो देखाएको छ । फेरी अखिल कुुनै पनि जमातको मात्र संगठन होइन यो बैचाकिर संगठन हो । यसमा बिचारको प्रतिष्पर्धा हुुन्छ । हामीले हाम्रा सम्मेलन अधिवेशन ब्याक्ति परिवर्तन गर्न मात्रै नभई अखिलले अब देशलाई कता लैजाने ? कुुन मार्ग समग्र राष्ट्रका लागि आवश्यक हो भन्ने कुुराको वहश हुुन्छ । त्यो बहश हामीले बिगतमा पनि र आगामी दिनमा पनि गर्दै आएका छौ र गर्दै जाने छौ ।
बाहिर जस्तो बताए पनि अखिलमा ओली पक्ष अनि नेपाल पक्ष नै हुुन्छ भनिन्छ ? तपाई कुुन पक्षको नेता ?
मैले यस अघि पनि बताए । यसमा दोहो-याउनुपर्छ जस्तो मलाई लाग्दैन । तथापी अखिलमा फलानो यो पक्ष फलानो उ पक्ष भन्दा पनि हामी अखिल पक्ष नै हौ । हामी एक किसिमले भन्ने हो भने हामी एमाले पक्ष हौ । तपाईले देख्नुुभएको छ । अखिलमा नेतृत्व गरी अन्तत साथीहरु जाने भनेकै एमाले पक्षमा हो । हामीले कुुनै गुठ उप गुुठ पक्षलाई भन्दा पनि बिगतको अखिलको बिराशतलाई समर्थन गर्ने हो । त्यसैमा तपाई हामी सबैको भलो हुन्छ ।
यति भन्दैमा लुम्बिनीमा प्यानल गत निर्वाचन नहोला त ? सर्वसम्वत हुने सम्भावना कतिको देख्नुहुन्छ ? अनि तपाईको उमेद्वारी कुन प्यानलबाट ?
लुम्बिनी अञ्चलको आफ्नै खालको इतिहास छ, किनकि अखिलको जीवनमा अखिललाई लामो समयसम्म नेतृत्व गरेका अखिलका सफल अध्यक्षहरु यसै अञ्चलका हुनुहुन्छ । अहिले मुलुककै राष्ट्रिय राजनीतिमा समेत दख्खल राख्ने आदरणिय दाजु-दिदीहरु हुनुहुन्छ । यसर्थ पनि लुम्बिनीमा उहाँहरुको पहलबाट कुनै विवाद आउँछ, जस्तो मलाई लाग्दैन । अहिले लुिम्वनीमा मलाई त्यति धेरै विवाद होला जस्तो पनि लाग्दैन, किनकि संगठनमा काम गरिसकेपछि आकांक्षा राख्नु स्वभाविक पनि हुन्छ । किनकि बसेर संवादबाट सहमति हुन्छ भन्ने मलाई विश्वास लागेको छ । कुरा आयो मेरो उमेद्वारीको मैले लुम्बिनी अञ्चलका साथीहरु सँग छलफल गर्दैछु । मलाई लुुम्बिनी अञ्चलबाट साथीहरुले सहि जिम्मेवारी दिने कुुरामा उहाँहरु तयार हुुनुुहुुन्छ । साथीहरुले मलाई महत्वपुर्ण सुझाव पनि दिनुभएको छ । यसर्थ मैले अहिले केन्दिय सदस्यमा उमेदवारी दिने विचारमा छु । लुम्बिनीमा प्यानलगत गुट हुदैन । अन्तिम सम्म सर्वसम्मत हुन्छ । त्यो बिगतको इतिहासले देखाएको कुुरा हो ।
तपाई राजनीतिक रुपमा कस्तो परिवारमा हुुर्कनुु भो ? राजनीतिमा लाग्नुु पर्छ भन्ने भाव कसरी पैदा भयो ?
म राजनैतिक परिवारमा हुर्केको एउटा सदस्य हो । किनकि हाम्रो घरमा मैले जान्ने भएदेखि नै पार्टीका नेता कार्यकर्ताहरु जाने महत्वपुर्ण बैठक हुने गर्दर्थे र सधै घरमा आउने नेताहरुको संवाद पनि राजनैतिक संवाद नै हुन्थ्यो । सबै जना नेताहरुले मलाई पनि राजनीतिक गर्नुपर्छ भनेर प्ररेणा दिनुहुन्थ्यो । यसले गर्दा पनि मलाई राजनीतिमा लाग्न उत्साह मिल्थ्यो । भर्खर म विद्यार्थीमा लाग्न लागेको बेला मेरो ठुला बुवा जिल्ला बिकास समितीको सभापतिमा एमालेको तर्फवाट निर्वाचित हुनुभयो । अनि माइला वुवा राष्ट्रिय सभाको सांसद हुनुभयो । यो खालको परिवार भित्रको राजनैतिक सफलताले पनि मलाई राजनीतिमै लाग्न निकै प्रभावित बनायो । किनकि राजनीति गरेपछि पनि सफल हुन सकिँदो रहेछ भन्ने मेरो कलिलो मस्तिष्कमा बस्यो । अनि म स्कुल स्तरबाट नै नि.मा.विको सुरुमा सह प्रा.क को सचिव हुँदै माविको अध्यक्ष हुँदै कक्षा १२ मा अध्ययन गर्दै गर्दा नै जिल्लाको सबैभन्दा ठुला स्वबियु निर्वाचन हुने क्याम्पसको अध्यक्ष २०६१ सालमै भए अनि सँगै जिल्ला कमिटीमा पनि लामो समय संगठित हुदै संगठनको केन्द्रिय योजना तथा अनुगमन विभागको सचिव हुँदै अहिले संगठनको राष्ट्रिय परिषद् सदस्य छु आशा छ । साथीहरुले मलाई थप जिम्मेवारी दिनुहुनेछ ।
हृदय जि तपाई खाली राजनीतिमै केन्द्रित हुुनुुहुुन्छ परिवारलाई समय दिनुुहुुदैन भन्ने पनि सुुनिन्छ । वास्तबिकता के हो ?
मैले भनि सके मेरो राजनीतिक ब्यागराउण्ड नै परिवार हो । मेरो परिवारमा राजनीतिक रुपमा प्रशिक्षित हुने मेरो गत्तिलो अवसर हो । त्यसले गर्दा मलाई पारिवारिक माहोलले नै यता तर्फ लगाउको हो । फेरी परिवारमा समय नदिने भन्ने कुरामा म सहमत छैन । किन भन्दा मेरो परिवì