ताइवानमा शक्तिशाली भूकम्प जाँदा ११ जनाको मृत्यु भएको छ । दक्षिणी ताइवान केन्द्रविन्दु भएको ६ दशमलव ४ म्याग्नेच्यूडको भूकम्पबाट बहुतल्ले केही भवन भत्किँदा थुप्रैं चेपिएका छन् ।
चेपिएकाहरुको मृत्यु भएको आशंका गरिए पनि यकिन भएको छैन । थुप्रैं घाइतेको उद्दार गरिएको छ । टाइनान शहरको एउटा अपार्टमेन्ट भत्किँदा निकै मानिस च्यापिएको विभिन्न समाचार संस्थाले जनाएका छन् ।
त्यहाँ फसेका सयौं व्यक्तिको उद्दार गरिएको छ । यसअघि सन् १९९९ को सेप्टेम्बरमा गएको ७ दशमलव ६ म्याग्नेच्यूडको भूकम्पबाट ताइवानमा २४ सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो । (एजेन्सी)