सुपा देउराली मन्दिरको सार्वजनिक जग्गा रातारात अतिक्रमण, मन्दिर आवतजावत र पार्किङमा बाधा

नरपानी, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक र एेतिहासिक सुपा देउराली मन्दिरमा रहेको सार्वजनिक जग्गा स्थानीय व्यक्तिहरुले अतिक्रमण गरेका छन्।
फाइल तस्बिर  
सुपा मन्दिर अगाडिको माथिल्लो पार्किङ क्षेत्र मन्दिर व्यवस्थापना समितीका व्यक्तिहरुले नै रातारात अतिक्रमण गरेका हुन् । उनिहरुले पार्किङ क्षेत्रलाई अतिक्रमण गरी पसल गर्ने उदेश्यले ८,१० दिन देखि घर टहरा निर्माण गरिरहेका छन् । 
पसलको नाममा सार्वजनिक जग्गा अतिक्रमण गर्नेमा सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापा, स्थानिय नेता फर्स बहादुर खत्री, खाचिकोट आदर्श मावीका प्रमुख डिल्ली थापा, शिक्षक मोहन पुरी लगायत २५ जना छन् । 
सार्वजनिक क्षेत्र अतिक्रमण गरि पसल निमार्ण गरेका उनिहरु विरुद्द अहिले सम्म कसैले प्रशासनमा उजुरी भने दिएका छैनन । दैनिक हजारौं भक्तजनहरु दर्शन गर्न आउने यस मन्दिरमा पार्किङको ठुलो समस्या हुँदा हुँदै समितीका व्यक्तिहरुबाट नै रातारात अतिक्रमण हुँदा सम्बन्धित निकाय मौन छ ।
सुपादेउराली मन्दिरमा बाटो- पार्किङ क्षेत्र अतिक्रमण गरी मन्दिर आवतजावतका साथै पुजा आराधानामा बाधा पु-याएका छन् । जग्गा अतिक्रमण कर्ताहरुलाई कानुन बमोजिमको कारबाही गर्न त्यहाँ आउने भक्तजनहरु एवम सन्धिखर्कका स्थानियबासीले माग गरेका छन् ।
                                                                                                                           फाइल तस्बिर  
दैनिक दशौ हजार रुपैया बराबर भेटी संकलन हुने यस मन्दिरमा समितीका व्यक्तीको मिलेमतोमा ठुलो रकम हिनामिना गर्नुको साथै दैनिक रुपमा यथार्थ आर्थिक अभिलेख समेत नराख्ने गरेको सुपादेउराली मन्दिर अगाडिका एक जना पसलले बताए । मन्दिरमा आउने भक्तजनहरुवाट चढेको भेटी दानदातव्यबाट हुने आम्दानीबाट खाँचीकोट स्थित आर्दश मा. वि.को  निजि श्रोत शिक्षकका लागि मासिक रु ५७,५००/- सितापुर स्थित शान्ति नि.मा. वि. का लागि २१,५००/- मासिक खर्च हुने, त्यसै गरि मन्दिर सरसफाइ र संरक्षणको लागी मासिक रु १३०००/- खर्च हुने, मन्दिरको कुल आम्दानीको २५% ले हुने आउने रकम मन्दिर संरक्षण सरसफाइ तथा व्यवस्थापन कार्यमा लगानी गरिदै आएको, अरु  ७५% को रकमबाट ग्रामिण विकास, शिक्षा स्वास्थ्य खानेपानी बाटो बिधुत, दैवी प्रकोप तथा मानव कल्याण कारी कार्यमा खर्च गरिदै आएको सुपा देउराली मन्दिर संरक्षण समितिले बताए पनि स्थानियले विधालय बाहेक अन्यमा कुनै सहयोग नगरेको बताउन्छन् । यसअघि विनाशकारी भूकम्पबाट प्रभावितको राहतका लागि सुपादेउराली मन्दिर समितीले भेटी चढेको रु एक लाख एक हजार १११ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरेको थियो । 
भक्तजनहरुको भिड । फाइल तस्बिर 
सुपादेउरालीमा अहिले सम्म खानेपानी प्रर्याप्त भएता पनि धाराहरु व्यवस्थापना हुन सकेको छैन, सरसफाईमा अहिले सम्म कुनै सुधार आउन सकेको छैन, भने यहाँका पसलहरुमा अहिले सम्म बासी भोजन बेचिदै आएको मन्दिरमा आउने भक्तजनहरुले गुनासो गरेको देखिन्छ ।
सुपादेउराली मन्दिर संरक्षण समितिले विभिन्न कामका लागि निम्नानुसारका दस्तुर लिने गरेको छ: 
ग्रहशान्ति –        १५५/-
रुद्रिपुजा-        २५५/-
शुभविवाह –        २५५/-
लक्ष वर्तिक –        ५०५/-  वत्ति आफुले लाउनुपर्छ
जोडी परेवा –        ३०/-
यसका साथै श्रदालु भक्तजनहरुले आफुले अर्पण गर्न  चाहेका जिन्सी नगदको अभिलेख सदाका लागि रहने व्यवस्था गरिएको छ भने नेपालको कानुनले वर्जित गरेका औसी, एकादशी, कृष्ण जन्माष्टमी, श्रीपंचमी महाशिवारात्री, अष्ठ तृतिया, रामनवमी, आदी दिनहरुमा वलिपुजा निषेध गरिएको छ । तर पंरपरा देखि बैशाख शुल्क पुणिर्माका दिन कुल पुजा हुने भएकोले बलि चढाउने गरिएको छ ।
पुजारी र मन्दिर निर्माण
यस मन्दिरमा सितापुर गा.वि.स. वडा नं. ७ र ६ का खनाल थरका ब्रामणहरु मुल पुजारी रही आएका छन । दैनिक व्यवस्थापक -२ पुजारी -२ सहयोगी-१ जना गरि जम्मा ५ जना दैनिक कामकाजमा खटिइएका हुन्छन करिव २२ जना खनालहरु पालै पालो गरि जाने व्यवस्था छ । 
अर्घाखाँची जिल्ला वल्केाट गा.वि.स. वडा नं. १ निवासी बावुराम रायमाझिले २०४० सालमा यस सुसुपादेउराली मन्दिरको पुन. निर्माण गरि दैनिक रुपमा पुजा आजा तथा व्यवस्थापन समितिको गठन गरि संरक्षण गरिदै आएकोमा वि.स. २०६४ सालमा काठमाडौं मातातीर्थ स्थित नरनारायण वावा आश्रम सेवा संस्था वाट एक सझौता गरि हालको मन्दिर निर्माण कार्य भएको हो उक्त  मन्दिर निर्माणको लागी ९ महिना १४ दिनमा सबै काम करिव १ करोड २५ लाखको लागतमा सम्पन्न भएको थियो २०६४ साल मसिंर ८ गते कुण्माण्ड नवमीको दिन विधीवत प्रारम्भ भई २०६९ साल भाद्र २३ गतेका दिन वृहत धार्मिक शोभा यात्रा सहित परम पूजनीय गुरु श्री नरनारायण बावा वाट बैदिक विधी अनुसार मूर्ति प्राण प्रतिस्थापन गरिएको थियो ।

तस्बिरमा २०६४ सालमा निर्माणधिन सुपादेउरली मन्दिर:- 

२०६४ सालमा निर्माणधिन सुपादेउरली मन्दिर । फाइल