दाँयाबाट क्रमस कमल प्रसाद भुसाल, बासुदेब आचार्य र बिष्णु खनाल मुस्कान । तस्बिर: प्रेम आचार्य, अर्घाखाँचीडट्कम
सन्धिखर्क, अर्घाखाँची । नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्ला कार्य समितीको सभापतिमा बिष्णु खनाल मुस्कान, उपसभापति बासुदेव आचार्य र सचिवमा बाबुराम पौडेल एवम कमल प्रसाद भुसाललाई केन्द्रमा पठाउने गरी छलफल भएको छ । सहमतीको लागि प्रयास जारी छ ।
यसअघि काँग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि जिल्लास्तरबाट अर्घाखाँचीका दुईवटै क्षेत्रमा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ।
सम्पन्न निर्वाचनमा क्षेत्रीय सभापतिहरुमा क्षेत्र नम्बर एकबाट केशवराज कुवर, दुईबाट अच्युत गौतम निर्वा्चित छन् ।
जिल्लाको क्षेत्र नम्वर १ मा खुल्ला तर्फवाट महाधिबेशन प्रतिनिधिमा बिष्णु प्रसाद खनाल मुस्कान, डा रामबहादुर बिसि, रेवति प्रसाद भुसाल, लेखनाथ पोख्रेल, केसब श्रेष्ठ , कृष्ण खनाल , महिला तर्फ मिरा पाण्डे, अनिता ग्वालि, दलित तर्फ लोकेन्द्र बिक, जनजाति बाट देबराज श्रेष्ठ , अल्पसंख्यकबाट महमद सफर निर्वा्चित भएका छन् ।
त्यसैगरी क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फवाट इन्द्रमणि पौडेल, कमल प्रसाद भुसाल, जय वहादुर टण्डन, बासुदेव आचार्य, यादव घिमिरे र सुर्य प्रसाद अधिकारी निवाचित भएका छन् । महिला तर्फवाट शान्ता भण्डारी र गंगा खत्री जनजातीवाट अशोक श्रेष्ठ, अल्पसंख्यकवाट अहमत मिया हुसेन, दलितवाट निमवहादुर विश्वकर्मा पनि निवार्चित भएका छन ।