अर्घाखाँचीबासीको कोरियामा भेला सम्पन्न

झबिन्द्र बेल्बासे 
दक्षिण कोरिया । अर्घाखाँचीबाट कोरिया आउनुभएका जिल्लाबासीको  सामाजिक संस्था अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले  कोरियन नयाँ बर्ष सल्नालको अबसरमा बृहत भेला सम्पन्न गरेको छ ।
कोरियामा नेपालीहरुको संख्या तिब्र बढदै गर्दा अर्घाखाँचीबाट कोरिया आउनेको संख्यापनि बाक्लो बनेको छ ।कोरियाको  नेपाली मार्केट भनेर चिनिने दोन्देमुन शहरको होटेल नमस्ते अर्घाखाँची बासिले खचाखच थियो यहि फेब्रुअरी ७ तारिकका दिन ।लामो समय पछिको भेट्घाट आपसी सुख दुख अनि परदेशको भोगाई आफ्नै जिल्लाका साथिसामु बाँड्न पाउँदा सबैको अनुहारमा दसैं  र तिहार आएजस्तो खुसिको अनुभव गर्न सकिन्थ्यो ।
बिगतका केही बर्ष यता  कोरियामा अर्घाखाँची बासी  साथिहरु संस्थागत रुपमा सामाजिक कार्य गर्दै आएका छन ।आपसी सहयोग गर्दै  आफ्नो जिल्लामा  सहयोगका कार्य गर्दै जाने मुख्य उद्देश्यले यो संस्था   अगाडि बढेको  अध्यक्ष युबराज पाण्डेले जनाएका छन । संस्थाले   परोपकारी कोषबाट अक्षयकोष स्थापना गरि गरिब तथा जेहेन्दार बिद्यार्थीको लागि सहयोग गर्ने जनाएका जनाएका छन । औपचारिक कार्यक्रममा धेरै जनाले संस्थाको बारेमा आफ्नो बिचार र भाबी कार्यक्रमको लागि  सुझाप दिएका  थिए ।
कार्यक्रममा भर्खर कोरिया आउनु भएका साथिहरुलाई स्वागत तथा आफ्नो कार्यकाल  सकेर नेपाल फर्किनुहुने संस्थाका सल्लाहकार  थम्मन के सि  लगायत सदस्य युबराज मरासिनी ,जीवन खप्तरीलाई दोसल्ला ओडाएर  सम्मानका साथ बिदाई गरिएको छ।