वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची जिल्ला कार्य समितीको सभापतिमा विष्णुप्रसाद खनाल ‘मुस्कान’ निर्विरोध निर्वाचित भएका छन् । १३ औं जिल्ला अधिवेशनको उदघाटनपछि भएको निर्वाचनको सभापतिमा उम्मेदवारी दिएका वासुदेव आचार्यले फिर्ता लिएर मुस्कानलाई समर्थन गरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।
विद्यार्थीकालदेखी राजनीति गर्दै जिल्ला सदस्य, सचिव र उपसभापति भैसकेका थिए खनाल १२ औ जिल्ला अधिवेशनमा कमलप्रसाद भुसालसित ४ मत अन्तरले पराजित भएका थिए । भुसालले यसपाली खनाललाई समर्थन गरेका थिए । केन्द्रिय सदस्य मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, पुर्वमन्त्री ढुण्डिराज शास्त्री, रेवती प्रसाद भुसाल, नेता डा. रामबहादुर विसीले सहमतीमै सभापति सहित जिल्लाका सबै पदमा सहमती गर्नु कार्यकर्ताले दवाव दिएका थिए । सभापतिको उम्मेदवारमा दर्ता गराएका वासुदेव आचार्यलाई उपसभापति बनाउने सहमती भएपछि खनाल निर्विरोध भएका हुन् । खनाललाई संस्थापनका केन्द्रिय नेता रेवती, कमल, देउवाका पुष्पा, मानबहादुर , शास्त्री, डा. विसीले समर्थन गरे । खनाल कतै खुलेर देखिएका छैनन् ।
सभापतिको उम्मेदवारमा दर्ता गराएका वासुदेव आचार्यलाई उपसभापति बनाउने सहमती भएपछि खनाल निर्विरोध भएका हुन् । खनाल संस्थापन वा देउवा कुनै पक्षमा पनि खुलेर देखिएका छैनन् ।
काग्रेसको संगठन बलियो बनाउन सहमती, सहकार्य र एकताबाट अगाडी बढनुपर्ने क्षेत्रीय प्रतिनिधिको तीव्र दवाव भएपछि सबै पदमा निर्विरोध बनाउन शीर्ष नेता बैठक बसेर मिलाउन गृहकार्य गरेका छन् । सचिवमा पनि सर्वसम्मत बनाउने प्रयास भइरहेको छ । सचिवमा हरिबहादुर खड्का, बावुराम पौडेल र छविलाल पौडेलले उम्मेदवारी दिएका छन् ।
यस अगाडिको समाचारमा:
काङ्ग्रेस अर्घाखाँची जिल्ला कार्य समितीको लागि सहमती हुन नसक्दा चुनाबी प्रक्रिया:
सन्धिखर्क, अर्घाखाँची । नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्ला कार्य समितीको लागि अन्तत सहमती हुन नसक्दा चुनाबी प्रक्रिया अनुसार अहिले सभापतिमा बिष्णु मुस्कान, बासुदेव आचार्य सचिवमा बाबुराम पौडेल, हरि खड्का र छबिलाल पौडेल, कोसाध्यक्षमा लक्ष्मी श्रेष्ठ र कृष्ण ज्ञवालीका साथै सदस्यमा २१ जनाको उम्मेदवारी दर्ता गरेका छन् ।
यसअघि काँग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि जिल्लास्तरबाट अर्घाखाँचीका दुईवटै क्षेत्रमा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ।
सम्पन्न निर्वाचनमा क्षेत्रीय सभापतिहरुमा क्षेत्र नम्बर एकबाट केशवराज कुवर, दुईबाट अच्युत गौतम निर्वा्चित छन् ।
जिल्लाको क्षेत्र नम्वर १ मा खुल्ला तर्फवाट महाधिबेशन प्रतिनिधिमा बिष्णु प्रसाद खनाल मुस्कान, डा रामबहादुर बिसि, रेवति प्रसाद भुसाल, लेखनाथ पोख्रेल, केसब श्रेष्ठ , कृष्ण खनाल , महिला तर्फ मिरा पाण्डे, अनिता ग्वालि, दलित तर्फ लोकेन्द्र बिक, जनजाति बाट देबराज श्रेष्ठ , अल्पसंख्यकबाट महमद सफर निर्वा्चित भएका छन् ।
त्यसैगरी क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फवाट इन्द्रमणि पौडेल, कमल प्रसाद भुसाल, जय वहादुर टण्डन, बासुदेव आचार्य, यादव घिमिरे र सुर्य प्रसाद अधिकारी निवाचित भएका छन् । महिला तर्फवाट शान्ता भण्डारी र गंगा खत्री जनजातीवाट अशोक श्रेष्ठ, अल्पसंख्यकवाट अहमत मिया हुसेन, दलितवाट निमवहादुर विश्वकर्मा पनि निवार्चित भएका छन ।
उम्मेदवारको अन्तिम नामावलि:
तस्बिरमा जिल्ला अधिबेशनकाे अबसरमा सन्धिखर्कमा निकालिएको कांग्रेसकाे जुलुस: