ताइवानमा शनिबार गएको शक्तिशाली भूकम्पमा भत्किएको भवनभित्र च्यापिएका एक दम्पतीलाई दुई दिनपछि जीवितै उद्धार गरिएको छ ।
श्रीमान्सँगै रहेकी महिलालाई पहिला ध्वस्त भवनबाट निकालिएको थियो भने केही समयपछि उनका पतिलाई उद्धार गरिएको थियो । तर, छेउमै रहेका उनीहरुका दुई वर्षीय छोराको भने मृत्यु भैसकेको थियो ।
ताइनान सहरमा गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण कम्तिमा ३८ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी अझैपनि भग्नावशेषमा च्यापिएको अनुमान गरिएको छ । (एजेन्सी)