मरेङ्ग, अर्घाखाँची । राष्ट्रिय चिया तथा कफी विकास वोर्ड काठमाण्डौको आयोजना तथा पुष्पनगर कफी उत्पादक सहकारी संस्था लि. मरेङ्ग – ३ अर्घाखाँचीको संयोजकत्वमा २ दिने कफी नर्सरी तथा रोपण तालिम संचालन भएको छ ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला सहकारी संघ लि. अर्घाखाँचीका निवर्तमान अध्यक्ष दधिराम आचार्यले गर्नुभएको थियो । उक्त कार्यक्रम यही माघ २८ र २९ गते संचालन हुनेछ ।
कार्यक्रमको अध्यक्षता पुष्पनगर कफी उत्पादक सहकारी संस्था लि. मरेङ्ग – ३ अर्घाखाँचीका अध्यक्ष श्री हेमराज भुसालले गर्नुभएको थियो भने । कार्यक्रमको संचालन उपाध्यक्ष टिकाराम आचार्यवाट भएको थियो।
उक्त कार्यक्रममा स्वागत मन्तव्य लेखा समितीका संयोजक टोमनारायण भुसालले गर्नुभएको थियो । प्रमुख प्रशिक्षक राष्ट्रिय चिया तथा कफी विकास वोर्ड , क्षेत्रिय कार्यालय पोखराका प्राविधिक प्रेमनिधी ढकालले सहजीकरण गर्नुभएको छ ।
कार्यक्रममा मरेङ्ग तथा अर्घातोष गा.वि.स. का ३८ सहभागी रहेका छन् ।
श्रोत: अध्यक्ष श्री हेमराज भुसाल
पुष्पनगर कफी उत्पादक सहकारी संस्था लि. मरेङ्ग – ३ अर्घाखाँची