एक सय ३० वर्ष लामो इतिहाँस बनाएको बेलायतको अग्रणी दैनिक ‘द इन्डिपेन्डेन्ट’ ले आफ्नो प्रकाशन बन्द गर्ने घोषणा गरेको छ ।
छापा पत्रिकाका पाठक घट्दै गएको भन्दै सो दैनिकले अब अनलाईन संस्करण मात्र सञ्चालन गर्ने जनाएको छ । शुक्रबार छापा संस्करण बन्द गर्ने घोषणा गर्दै अर्को महिनादेखि केबल डिजिटल संस्करण मात्र सञ्चालन हुने जनाएको हो ।
इएसआई मिडियाले सञ्चालन गर्दै आएको ‘द इन्डिपेन्डेन्ट’ र ‘इन्डिपेन्डेन्ट अन सन्डे’ अखवारका संम्पादकीय कर्मचारी कटौती गरिने भएको छ ।
इएसआई मिडियाले आफ्नो जाँंस्टन प्रेस बेच्ने पनि जनाएको छ । कम्पनीका रुसी मूलका बेलायती नागरिक एवजेनी लेबेदेवले इन्डिपेन्डेन्टको ब्राण्ड बचाउन यो फैसला गर्नु परेको बताए ।
‘इन्डिपेन्डेन्ट’ को अन्तिम प्रकाशन मार्च २६ मा हुने तथा