अर्घाखाँची जिल्ला वचत तथा ऋृण सहकारी संघको तदर्थ समिती गठन, सहकारीलाई महत्व नदिएको गुनासो

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय अर्थतन्त्रमा १८ प्रतिशत योगदान पु-याउन सफल सहकारी क्षेत्रलाई नेपालको संविधानले पनि आर्थिक विकासको मूख्य तीन खम्वा मध्ये एक खम्वाको रुपमा मान्यता दिए पनि व्यावहारीक रुपमा महत्व नदिएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।
सहकार्यको माध्यमबाट समुुहले गर्ने व्यवसाय सहकारी हो । तर हालका दिनहरुमा शहरी क्षेत्रका केही ठुला भनाउदा सहकारीहरुले बचतकर्ताको रकम हिनाविना गरेको कारण यो सम्पूण क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको उल्लेख गरिएको छ । 
यसको मुख्य कारण राज्यको उदासिनता ,शहरी क्षेत्रका माफियााहरुले व्यतिगत फाईदाका लागि सरकारी निकायको मिलिमतोमा सहकारीको प्रयोग र यस क्षेत्रमा चरम राजनैतिक प्रभाब हावि हुनु नै रहेको औल्याईएको छ । जिल्लामा रहेका बचत हिकारीको भेलामा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन । 
अर्घाखाँची जिल्लामा रहेका  वचत तथा ऋृण सहकारी संघहरुको भेलाले  अर्घाखाँची जिल्ला वचत तथा ऋृण सहकारी संघको तदर्थ समिती गठन गरेको छ । 
जसको अध्यक्षमा साथी बचत तथा रिण सहकारीका  प्रकाश भुसाल , उपाध्यक्ष कमना सहकारीका जितबहादुर राना, सुर्योदय महिला सहकारीकि पार्बती भुसाल, र सचिबमा अर्घाखाँची बचत सहकारीका द्रोण भुसाल रहेका छन ।
जसको कोषाध्यक्षमा भैरब सहकारीका चन्द्र प्रसाद श्रेष्ठ, र सदस्यहरुमा त्रिबेणी सहकारीका सोभाकर भुसाल,मनकामना सहकारीकी रिता पौडेल र हरिततारा सहकारीका नरहरि श्रेष्ठ रहेका छन । 
यो संयुक्त सहकारीले  जिल्ला स्थित सहकारी संस्थाको विवरण र बचत तथा ऋण सहकारी संस्थाहरुको प्रोफाईल तयार गर्ने । निष्कृय सहकारीलाई सक्रिय बनाउन वा मर्जरमा जान प्रेरित गर्ने काम गर्ने छ । 
 जिल्लाका सबै सहकारी संस्थाहरुलाई सहकारी सम्वन्धि सुचना परामर्श सेवा तथा तालिम प्रदन गर्ने, सहकारी सम्वन्धि गाष्ठी,अन्र्तकृया ,  सम्वन्धी निकायसंग समन्वायत्मक कार्यक्रम गर्ने र   सहकारी संथाहरुले आमन्त्रण गरेका साधारण सभा तथा अन्य कार्यक्रममा संघको प्रतिनिधित्व गर्ने छ ।