अर्घाखाँचीलाई बिउ उत्पादनमा नमुना जिल्ला बनाईने

अर्घाखाँची किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडे र उनकी श्रीमती गोभीका विरुवामा झार गोडदै । फाइल तस्बिर 

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा लागु भएको कार्यक्रम किसानकालागि उन्नत बिउ बिजन कार्यक्रमको जिल्ला स्तरीय समन्वयत्माक छलफल कार्यक्रम सदरमुकाम सन्धिखर्कमा आज सम्पन्न भएको छ । 
किसानकालागि उन्नत बिउ बिजन कार्यक्रमले जिल्लामा बिउ बिजनको उत्पादन गरिरहेको छ । जिल्लाका सहकारी र कृषि समुह मार्फत बोडी, सिमी, मकै, गौ, धान, मुला लगायतका बिउहरु उत्पादन गरिरहेको छ । 
कार्यक्रममा अर्घाखाँचीलाई बिउ उत्पादनमा नमुना जिल्ला बनाउनु पर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन । 
कार्यक्रममा केयुबिकेका कार्यक्रम म्यानेजर लक्ष्मण पौडेल, , स्थानीय बिकास अधिकारी लक्ष्मी पाण्डे, जिल्ला कृषि बिकास कार्यलयका प्रमुख योग प्रसाद खरेल, पशु सेवा कार्यलयका प्रमुख डा. रामनारायण मण्डल, जिबिसका कार्यक्रम अधिकृत हरिस्चन्द्र भुसाल,उद्योग बाणिज्य संघका महासचिब नेत्रप्रसाद भुसाल  लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा केयुबिकेका जिल्ला संयोजक मुक्ति पौडेल,  बाबुराम चुदाली र बाला चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।