घाइते उमेश भुसाल (बाँया) र बिधाल लिम्बु (दाँया) । तस्बिर: प्रेम खडका, अर्घाखाँचीडट्कम
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । आईतवार साँझ अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका – ८ (नरपानी नजिक) खाँचीकोटको बाघमारामा कार दुर्घट्ना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
मे १ च १६७५ नम्बरको निजी कार (ट्याक्सी) दुर्घट्ना हुँदा सन्धिखर्क नगरपालिका वडा न: १२ अर्घा फलेपत घर भै हाल सन्धिखर्क -१ का टंक रायमाझीको मृत्यु भएको हो ।
घाइते हुनेमा सन्धिखर्क – १ का चालक ३२ बर्षीय उमेश भुसालसहित सन्धिखर्कका मेगबहादुर पाण्डे तथा चितवनका सन्तोष गुरुङ छन् । घाइतेहरुलाई थप उपचारको लागि बुटवल अञ्चल अस्पतालमा रिफर गरिएको छ । दुर्घटनामा परेको ट्याक्सी नरपानीबाट सन्धिखर्कको खाँचीकोट जाँने क्रममा साँझ करिव ७:१५ बजे उक्त दुर्घट्ना भएको बताइएको छ ।
दुर्घट्नामा मृत्यु हुने ४३ वर्षिय टंक रायमाझी ।
ट्याक्स तीव्र गतिका कारण अनियन्त्रित भई पल्टेको हुन सक्ने प्रहरीको अनुमान छ । आईतवार दिउसो नै सोही ठाउँमा
जिप दुर्घट्ना हुँदा ४ जना घाइते भएका थिए ।
नरपानी सडकलाई दुर्घट्नाग्रस्त मानिन्छ । जिल्लामा सबैभन्दा बढी सडक दुर्घट्ना यही नै हुने गरेको देखिन्छ । दुर्घटना नियन्त्रणका लागि ट्राफिक निगरानी नहुँदा यो क्षेत्रमा निरन्तर दुर्घटना भएका छन् ।
आईतवारका दुर्घट्ना समाचारमा: –
नरपानीको घुम्टी । तस्बिर – अर्घाखाँची डट्कम / फाइल