इजरेलमा पूर्वप्रधानमन्त्री इहुद ओल्मर्टलाई जेल चलान

इजरेलमा पूर्वप्रधानमन्त्री इहुद ओल्मर्टलाई जेल चलान गरिएको छ ।
भ्रष्टाचारको अभियोग पुष्टि भएपछि उनलाई १९ महिनाका लागि म्यासीयाहु कारागार चलान गरिएको हो ।
जेरुसेलमको मेयर र उद्योगमन्त्री रहँदा अमेरिकी व्यापारीबाट अवैध रकम लिएको मुद्दामा त्यहाँको सर्वोच्च अदालतमा भएको सुनुवाइमा पनि उनी दोषी पाइएका थिए । (एजेन्सी)