किमडाँडामा ट्राफिक नियम पालना सम्बन्धि घुम्ती प्रशिक्षण कार्यक्रम सम्पन्न (फोटो फिचर)

श्याम घिमिरे 
किमडाँडा, अर्घाखाँची । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा ‘ट्राफिक प्रहरीको अभियान, हरेक नागरीकमा ट्राफिक नियमको पहिचान’ भन्ने मुल नाराका साथ  किमडाँडामा ट्राफिक नियम पालना सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
 
सन्धिखर्क नगरपालिका वार्ड नं. १० अन्तर्गत श्री जनता कृष्ण उ.मा.वि. किमडाँडामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोसि, जनता कृष्ण उ.मा.वि. किमडाँडाका प्राचार्य ईश्वरी प्रसाद भुसाल, पत्रकार श्याम घिमिरे लगायतले सवारी दुर्घटना, दुर्घटनाका कारण र दुर्घटना न्यूनीकरण सम्बन्धि आ-आफ्ना सान्दर्भिक भनाईहरु राख्नुभएको थियो ।
 
कार्यक्रमको सहजीकरण जिल्ला ट्राफिक कार्यालयका सही रेशम रानाभाटले गर्नु भएको थियो । सो प्रशिक्षण कार्यक्रममा विद्यालयका छात्र, छात्रा, शिक्षक लगायतका अन्य व्यक्तिहरुको समेत उपश्थििति रहेको थियो ।
 
तस्बिरहरु: श्याम घिमिरेबाट