ईशाई धर्म गुरु पोप फ्रान्सिसले अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारीको दौडमा रहेका डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् ।
पोपले डोनाल्ड ट्रम्प ईशाई हुनै नसक्ने बताउँदै उनका अभिव्यक्तिको कडा आलोचना गरेका हुन् ।
मेक्सिको भ्रमणका क्रममा पोपले ट्रम्पका भनाईलाई लक्षित गर्दै भने, यस्तो व्यक्ति जो, सँधै जोड्ने नभई तोड्ने कुरा गर्छ, जो सँधै पुल बनाउने होइन कि पर्खाल लगाउने कुरा गर्छ-त्यो ईशाई हुनै सक्दैन ।
उल्लेखनीय छ, ट्रम्पले केही दिनअघि अमेरिका र मेक्सिकोको सीमानामा पर्खाल लगाउनुपर्ने धारणा राखेका थिए ।
ट्रम्पले पोपको अभिव्यक्तिको पनि आलोचना गरेका छन् । उनले मेक्सिकोको उक्साहटमा पोपले यस्तो लाजमर्दो अभिव्यक्ति दिएको आरोप लगाए । (एजेन्सी)