डिआरजी सुमन
वर्तमान परिपेक्ष्यमा नेपालका ३८ औ प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जादै गर्दा उहाको आगमन समयतक उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधान मन्त्री वनेको समय देखी नै भारतले खेलेको नकरात्मक भूमिका तराईमा आगालागी गराउन उत्प्रेरक वनेको भारतले नेपाल र चीनसँगको समवन्धमा कटु दुश्मनीले गर्ने व्यावहारको विच अचानक वनेको ओलीको भारतको भ्रमण यो समयको लागी निकै चुनौतीपूर्ण छ । ओली भारतको राजकीय भ्रमणमा गएको समयमा मधेशीको नेता गच्छदारले प्रधानमन्त्रीको ज़िम्मेवारी सम्भालीरहेको समयमा कतै भारत र मधेशको संयुक्त षड्यन्त्रकारी तत्वले ओलीलाई कहिल्लै नेपाल नफर्किने बाताबरणको सिर्जना त गरी रहेका छैनन् ? प्रधानमन्त्रीको भारत भ्रमण देश र जनताका हितका निम्ति होस असमान संधिसंझौता नगरी भ्रमण सुखमय रहोस यो आम जनताको चाहाना हो ।
यसैविच आज सम्म भारतले नेपालको एक मात्र प्रधान मन्त्री कृष्ण प्रसाद भट्टराईलाई गरेको सम्मान यस पटक ओलीलाई गरिने वताई रहदा दुश्मनले गर्ने सम्मानमाथी गंभीर संका उत्पन्न हुनु स्वभाविक नै हो । वास्तवमा देशभित्रकै भारत प्रस्त विपक्षीदल र मधेशीको चर्को विरोध असहयोग र नाकावन्दीको चपेटाका विच चीनसँगको सम्वन्ध सुधार गर्नु ओली सरकारको सवैभन्दा ठुलो महानता हो । अर्को महानता विभिन्न धुर्वको दलहरु मिलाएर सरकार गठन गरी छ जना उपप्रधानमन्त्री सहित वयालीस जनाको मन्त्री परिषद वनाउनु पनी कम कुटनैतीक पहल हुदै होईन । विपक्ष दल सरकारमा जान नपाएर वा आफ्नो स्वार्थ पुरा गर्न नपाएर विरोध गर्ने वानरी प्रवृति भएता पनी ओलीको यो निती राष्ट्रीयताको हितमा छ ।
तराईमा भएको आन्दोलन प्रती कुनै ठसमस नगरी भारतको कुनैपनी दवावमा नपरि ओलीले गरेको निर्णयमा भारत रुष्ट भएकै कारण यसपुर्व भारत भ्रमण गएको समयमा प्राराष्ट्र मन्त्री कमल थापालाई मोदीले भेट नदिएको खवर आएकै हो । तर नेपालमा प्रजातन्त्र दिवस परेकै दिन कम्युनिस्ट नेता त्यो पनी भारतको विस्तारवादको विरुद्ध डटेर वोल्दा विरोधमा शिखरमा पुगेका ओलीलाई छिमेकी दुश्मनले राजकीय भ्रमणमा वोलाउने र राष्ट्रपति भवनमा वस्ने व्यावस्थापन गरिनुले मुलुकको लागी गंभीर दुर्घटनाको संकेत देखिएको छ ।
कुटनैतीक र रणनीतिक नेतृत्वमा खारीएर कम्युनिस्ट आन्दोलनमा होमिएका ओली झापा काण्डकाल देखी राजनितिक खेलमा पोख्त नेता भएको हुदा उनले पनी यो भ्रमणलाई सामान्य तवरले त पक्कै लिएका छैनन् । त्यसै ओली यती सहज रुपमा दुश्मनको निम्तो स्वीकार गरी ठुलो समुह वनाएर भारत गएका छैनन् होला तर यहाँ “धेरै चलाख छु भन्ने वाँदरपनी कुनै समयमा रुखवाट आकस्मिक रुपमा खसेर मर्ने गर्दछ ।” भने झै ओलीको यो भारत भ्रमण “गयौ ओली रमाउदै जहाज़मा फर्केयै वाकसमा”नवेनोस यस प्रती सजग हुनु जरुरी छ । दोस्रो विस्वयुद्धताका वोस्निया हार्जोगोविनाका राजकुमार आर के डीयू फ़र्नानेन्ट र चोफी चोटेकको हत्या हुदा जसरी विश्वयुद्ध घोषणा भएको थियो त्यसरी भारतको राष्ट्रपति भवनमा हमला हुदै तेस्रो विश्वयुद्धको वाँतावरण नवेनोस ।
नेपालको अहित हुनेगरी असमान सन्धि सम्झौता त पक्कै ओलीको हुने नै छैन यदाकदा भएमा पनी षड्यंत्रकारी तत्वले दवावपुर्ण तवरले गराउने देखिन्छ । भारतले आफ्नो दुश्मन मानी सकेको नेपालको कम्युनिस्ट नेतालाई यसरी उच्च सम्मानजनक जनक तवरले निमन्त्रणा र वसोवासको प्रवन्ध गर्नु निकै खतरानाक षड्यन्त्र नै हो । यहा भारतले आजसाँझ गरेको विशिष्ट रात्रीभोज पनी संकाकै घेरामा छ । अतिरिक्त जम्मो जनशक्ति भारतमा जानुले पनी संकेत संकास्पद छ । नेपाली जनता ओलीको भ्रमणको सदैव सम्मान गर्नै सकुसल असमान सन्धि सम्झौता नगरी जनता र राष्ट्रको हित हुने गरी सकुशल रुपमा नेपाल आगमन हुन सफल होउन यही कामना गर्नुको विकल्प छैन ।
(लेखक – समाज र राष्ट्रियताको सवालमा पृथक विचारधाराको परिचय स्वतन्त्र पत्रकार डिआरजी सुमन हो ।)