स्व. सुशील कोइरालाको पुण्य तिथिमा कांग्रेसको पाली गाविसमा श्रदान्जली सभा ! कमला उच्च मावि पालिमा नेविसंघ गठन (फोटो फिचर)

घनश्याम पौडेल
अर्घाखाँची, अर्घाखाँची  ।  नेपाली कागेंसका सभापति, पूर्व प्रधानमन्त्री, सविंधानका पिता, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. सुशील कोइरालाको १२ औं दिनको पुण्य तिथिमा नेपाली कांग्रेस पाली गाउँ कार्य समिती अर्घाखाँची द्धारा श्रदान्जली सभा कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रम नेपाली कांग्रेस पाली गाउँ कार्य समितीका सभापती यज्ञ प्रसाद पौडेलकोे अध्यक्षता नेपाली कांग्रेसका युवानेता तथा महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेलको प्रमुख अतिथित्यता, विशिष्ट अतिथी नेपाली कांग्रेस जिल्ला कार्य समितीका सदस्य इन्सु मियाँ, नेपाल शिक्षक संघ २ नं. क्षेत्रिय सभापती गोविन्द प्रसाद पन्थी, नेपाली कांग्रेस पुर्व जिल्ला सदस्य अमिर हम्जा, नेपाल शिक्षक संघ गाउँ सभापती शिवलाल अधिकारी, महिला संघ प्रतिनिधी कमला पाण्डे, खवर महम्मद अली, वर्कात अली, गिता पौडेल, कमल परियार, पत्रकार घनश्याम पौडेल लगाएतको उपस्थितीमा सम्पन्न भएको थियो । 
कांग्रेस क्रियाशिल सदस्य  तथा  कांग्रेस कार्यक्रता को व्यापक उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेसका गाविस सचिव देवी प्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम बोल्दै महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेलले सुशील कोइरालाले देखाएको बाटोमा हामीहरु हिड्नुपर्ने र उहाले अगांलेका निति तथा कार्यक्रमहरुलाई हामीले सफल पार्नुपर्नेमा जोड दिनुभएको थियो  ।
कमला उच्च मावि पालिमा नेविसंघ गठन
नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघ कमला उच्च माध्यमिक विद्यालयमा कमला उच्च मावि ५१ सदस्यीय समिती गठन गरिएको छ । जसको अध्यक्षमा प्रविण परियार, उपाध्यक्षमा निशा कडेल, सचिव निराजन पौडेल, सहसचिव प्रकाश नेपाली, कोषाध्यक्षमा जाहिरा खातुन रहनुभएको छ । कार्यक्रम नेपाल विद्यार्थी संघ जनज्योती उच्च माध्यमिक विद्यालयका अध्यक्ष घनश्याम पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।