“सूचनाको हक र अर्घाखाँची” पुस्तकको लोकापर्ण, पुस्तक बितरण कार्यक्रम सम्पन्न (फोटो फिचर)

पहिलो प्रकासित मिती: २०७२ फाल्गुन ११, मंगलवार

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँची डट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सूचनाको अधिकार (RTI) सम्बन्धि भेटघाट कार्यक्रम तथा पुस्तक बितरण कार्यक्रम सम्पन्न भएको छ ।  
उता यसअघि  सुचना तथा सुशासन अभियानका अध्यक्ष मुक्ती नाथ भुसालले लेखेको “सूचनाको हक र अर्घाखाँची” पुस्तकको लोकापर्ण कार्यक्रममा सम्पन्न भएको थियो ।
लोकापर्ण कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा,आयुक्तहरु किरण कुमार पोख्रेल र यशोदादेवि तिमिल्सीना, आयोगका सचिव शरदराज बिष्ट, नेपाल टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाई, आयोगका सहसचिव महेन्द्र कुमार थापा, उपसचिव तथा सूचना अधिकारी गौलोचन सैजु  सन्चारकर्मीका साथै उपस्थित रहेको थियो ।   
कार्यक्रममा आयुक्त  बाँस्कोटाले पुस्तक लोकापर्ण गरेका थिए । बाँस्कोटाले अर्घाखाँची जिल्लामा सुचनाको हक सम्बन्धमा लेखेक भुसालको प्रसम्सा समेत गरेका थिए । 
अन्य बोल्ने वक्ताहरुले अर्घाखाँची जिल्लामा सुचनाको हक लगायतका बारेमा चर्चा गरेका थिए ।